Logo

Student Corner

दसैँ बिदा

Written by: Aarogya Ghimire - 34004, Grade II

Posted on: 05 February, 2024

यो वर्ष मेरो विद्यालयको दसैँ बिदा असोज २७ गतेबाट सुरु भयो। बिदा सुरु हुनुभन्दा पहिले नै हामीले इलाम घुम्न जाने योजना बनाएका थियौँ । म, बाबा, मामु, काका र काकी पाँचजना चार दिन धरान र इलाम घुम्न गयाैँ । इलाम धेरै रमाइलो रहेछ। इलाममा चिया बगान रहेछ । धरान र इलाम घुमेपछि हामी घर आयाैँ । सबैतिर दसैँकाे चहलपहल सुरु भैसकेकाे थियाे । दसैँ हाम्रो ठुलो चाड हो । दसैँमा नयाँ लुगा लगाउने, मिठा मिठा खानेकुरा खाने र मान्यजनकोमा टीका लगाउन जाने गरिन्छ । मैले दसैँमा टीका लगाएर धेरै पैसा पाएँ । यसरी कार्तिक १२ गते मेरो दसैँ बिदा सकियो। यसपालिकाे दसैँ बिदा धेरै रमाइलो भयो।