Logo

Student Corner

नजिकबाट अवलाेकन गर्ने अवसर पनि पाएँ …।

Written by: Sparsha Dahal - 25073, Grade XI

Posted on: 02 February, 2024

नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश । नेपाल तिन भौगोलिक क्षेत्रमा विभाजित रहेको छ । हिमाल, पहाड, तराई तिन क्षेत्रको आफ्नो आफ्नै विशेष महत्व रहेको छ। तिनै विशेषताले गर्दा पनि होला नेपाल विश्वमा चर्चित छ । नेपालका तिनै क्षेत्रहरू निकै सुन्दर छन् । तिनै क्षेत्रले नेपाललाई विविन्न रुपमा पर्यटन क्षेत्रमा धकेली रहेको छ । 


 

तराई क्षेत्र नेपालको तल्लो भागमा अवस्थित रहेको छ । तराई  क्षेत्रलाई नेपालको अन्न घर भनिन्छ । नेपालमा पाइने धेरै जसो अन्न यही उब्जने गर्छ। तराईको माटो निकै मलिलो रहेको छ । तराई क्षेत्रमा २१ जिल्ला पर्दछन् । झापा, सिरहा, सप्तरी, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन, कपिलवस्तु, नवलपरासी, रुपन्देही, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर तराई क्षेत्रका जिल्लाहरू हुन् । 

 हाे, म पहिलो पटक तराई ३-४ वर्ष अगाडि गएको थिएँ । घुम्न जाने भनेपछि यसै पनि खुशी म तराई भनेपछि त्यो खुशीको सीमा तोडियो। पहिलो पटक तराई जाँदा आहा ओहो यस्तो पनि हुन्छ झैँ भयाे | यस्तोसम्म ठाउँ कतै मरुभूमि त होइन यो । म पहिलो पटक तराई दशैँ ताका  गएको थिएँ । चारैतिर फलिरहेका हरिया मन लोभ्याउने धान । तराई जाँदा काठमाडौंबाट सामान्यतया सिन्धुलीको बाटो राम्रो सुन्यौँ। हामीले पनि त्यही बाटो समात्यौँ ।

दशैँको यात्रा भएकाले म परिवारसँगै गएको थिएँ। दशैँ ताका परिवारसँग सँगै लामो यात्रामा मिठामिठा गफगर्दै हिड्नुको मजा पनि बेग्लै रहेछ । सिधुलीको बाटो भने सर्पभन्दा कम रहेनछ। साँगुरो घुमौरो बाटोले पनि छुटै मजा दियो । त्यो दिन को गन्तब्य सुनसरी । मेरो मामाघर रहेको थियो। गाईघाट र सप्तरीमा केही आफन्तजनको हातबाट टीका ग्रहण गर्यौँ। मैले पहिलो पटक सप्तकोशी नदिको दर्शन पाएँ। रातिको को समयमा त्यो नदीको सुन्दरता देखेर मेरो मनै लोभियो । अन्ततः काठमाडौँबाट हिडेको करिब  १२ घण्टापछि म मामाघर पुगे । भोलिपल्ट बिहान उठेर आफ्नो मामाघर ओरिपरि डुलेँ । साच्चै नेपाल पनि धेरै सुन्दर रहेछ। त्यहाँको कोशीको ताजा ताजा माछाको स्वाद भने बेग्लै नै हुँदो रहेछ। 

तत्पश्चात् हामी फुपूको हातबाट टीका थप्न बिराटनगर गयौँ। अहिले त गाउँ पनि धेरै विकास भयो भनेर टेलिभिजनमा मात्र सुनेको थिएँ। साच्चै हो जस्तो पनि लग्यो । तराईको सम्म बाटो वरिपरि हरियाली अहिले सम्झिँदा पनि आहा ! बिराटनगर सहर काठमाडौँ हेरीकन निकै सफा र शान्त रहेछ। बिराटनगरसँग भारत जोडिने जोगबनी नाका जोडिएको रहेछ। 

यो मौकामा पहिलो पटक म नाकाको बजार पनि घुम्न पाएँ । पहिलो पटक मैले रेल पनि जोगबनीमा देख्न पाएँ । 

हाम्रो योजना इलामसम्मकाे थियो तर समयको पावन्दीले गर्दा लामो समय सबैको बिदा भने मिलेन । त्यसैले भोलिपल्ट हामीले काठमाडौँ फर्कने निधो गर्यौ। फर्कदा खेरि बिहान सबेरै हिडेर जानकी मन्दिरको दर्शन गर्ने पनि टुङ्गो भयो । सोही योजनाअनुसार हामी बिहान सबेरै उठ्यौ र बाटोतिर लाग्यौँ । बिहान ४ बजे हामी त्यहाँबाट निस्कियौँ। करिब ११ बजेतिर हामी जानकी मन्दिरको दर्शन गर्न जनकपुर पुग्यौँ । जानकी मन्दिर राजमार्गबाट करिब २०/२२ किलोमीटर भित्र रहेछ। त्यहाँ मन्दिरको दर्शन गरी हामीले पेट पूजा गर्यौँ र त्यहाँ बाट फेरप काठमाडौँ फर्कन थाल्यौँ। 

त्यहाँबाट हिडेको करिब ८ घण्टापछि हामी काठमाडौँ आउन सफल भयौँ। यो यात्रामा मैले धेरै नयाँ कुरा देख्न र सिक्न पाएँ। 

मधेश जतिलै मैले पहिलो पटक देखेँ। तिनीहरूको रहनसहन, वेशभूषा, खानपिनको बारेमा मैले नजिकबाट अवलाेकन गर्ने अवसर पनि पाएँ ।