Logo

Student Corner

सानो बाबासँगको भेटघाट

Written by: Cyra Regmi - 33028, Grade III

Posted on: 02 February, 2024

मेरो सानोबाबाको नाम नवीन रेग्मी हो । मेरो सानो बाबा अस्ट्रेलियाको क्यान्बेरा सहरमा बस्नुहुन्छ । मेरो सानोबाबा चार वर्षपछि असोज २९ गते नेपाल आउनुभएको थियो । सानोबाबा आउँदा रातिको ११ बजेको थियो । चार वर्षपछि भेट्न पाउँदा म एकदमै खुसी थिए । सानोबाबा आएपछि हामीले एकछिन कुराकानी गर्‍याैँ । सानोबाबा पहिलेभन्दा मैले फरक पाएँ । अलिकति मोटो अनि अलिअलि अग्लो जस्तो लाग्यो । भोलिपल्ट म सानोबाबासँग घुम्न गएँ । घर आएपछि मिलेर उपहार खोल्यौँ । सानोबाबाले मलाई लुगा, हेडफोन, चकलेट र जुत्ता ल्याइदिनुभएको थियो । सानोबाबाले म लगायत घरका सबैजनालाई उपहार दिनुभयो । चार वर्षपछि दसैँ एकैसाथ मिलीजुली मनायौँ । धेरै वर्षपछि एकैसाथ बस्न पाउँदा मलाई रमाइलो भएको थियो तर दसैँ सकिएपछि सानोबाबा फेरि अस्ट्रेलिया फर्किनुभयो । मैले मेरो सानो बाबालाई धेरैभन्दा धेरै नै सम्झिएँ ।