Logo

Student Corner

मेरो प्यारो कुकुर

Written by: Parika Shrestha - 34038, Grade II

Posted on: 01 February, 2024

कुकुर घरपालुवा जनावर हो । कुकुरका चारवटा खुट्टा, दुईवटा आँखा, दुईवटा कान, एउटा नाक, एउटा मुख र एउटा पुच्छर हुन्छन् । कुकुर विभिन्न रङ र जातका हुन्छन् । मेरो घरमा पनि तीनवटा कुकुर छन् । तिनीहरूको नाम रक्की, भुन्टु र पिन्की हुन् । पिन्की मेरो प्यारो कुकुर र मिल्ने साथी पनि हो । पिन्की सेतो र खैरो रङ मिसिएको छिर्केमिर्के छ । उसको तेजिला आँखाहरू छन् । उसलाई मेराे हातले छुँदा आनन्दको महसुस हुन्छ । ऊ खुसी हुँदा पुच्छर हल्लाएको देखेर म मक्ख पर्छु । उसले दुध, भात र रोटी खान्छ । पिन्की र म सधैँ खेल्छौँ । ऊ रमाएर आफ्नो खेलौनाहरूसँग खेल्छ । ऊसँग बल खेल्न मलाई असाध्यै मन पर्छ ।