Logo

Student Corner

माछादानी

Written by: Bidhata Dahal - 33007, Grade III

Posted on: 31 January, 2024

मेरो घरमा माछादानी छ । जसमा ३२ वटा माछाहरू छन् । माछादानीमा धेरै रङका माछाहरू छन् । त्यहाँ सानासाना ढुङ्गाहरू पनि छन् । त्यहाँ एउटा अक्सिजन मोटर छ । त्यही मोटरबाट माछाले अक्सिजन पाउँछ। सबैभन्दा ठुलो माछाको नाम सकर हो । सकर माछा कालो रङमा छ । हामीले माछा माछादानीमा धेरै कुरा हालेका छौँ। सबैभन्दा ठुलो माछा सकरले दुईवटै आँखा झिम्क्याउँछ। हामी हप्तामा एकचोटि माछादानीलाई राम्ररी सफा गर्छौँ । त्यहाँ साना माछा धेरै र ठुला माछा थोरै छन् । हामीले माछादानीमा ढुङ्गाहरू राख्न त्रिशूली नदीबाट ल्याएका हौँ । सकर माछा ११ वर्षको भयो । हाम्रो माछादानी धेरै ठुलो छ । माछादानी हेरेर मलाई धेरै रमाइलो लाग्छ।