Logo

Student Corner

पानी

Written by: Ujjwol Dhakal - 33023, Grade III

Posted on: 29 January, 2024

पानी तरल पदार्थ हो । पानीको कुनै स्वाद, रङ, आकार हुँदैन । सजीव प्राणीहरूलाई बाँच्नका लागि पानीको अत्यन्त आवश्यक पर्दछ । मानिसहरूले धेरै कामका लागि पानीको प्रयोग गर्छन् जस्तैः पिउनका लागि, खाना पकाउनका लागि, नुहाउन र लुगा धुनका लागि आदि । सम्पूर्ण खानेकुराको उत्पादन गर्नका लागि पनि पानीको आवश्यकता पर्दछ । बोटबिरुवाको वृद्धिका लागि पनि पानी चाहिन्छ । जनावरहरू, चराचुरुङ्गीहरू र किरा फट्याङ्ग्राहरूलाई बाँच्नका लागि पनि पानी चाहिन्छ । मानिसहरूले दैनिक २ देखि ३ लिटरसम्म पानी पिउनुपर्छ । हाम्रो पृथ्वीमा ७०% पानी र ३० % जमिन रहेका छन् । पानीका स्रोतहरू धेरै छन् जस्तैः हिमाल, खोला, नदी, कलधारा, धारा, पोखरी, वर्षा आदि पानीका स्रोतहरू हुन् । हामी स्वस्थ हुन सफा पानी पिउनु पर्दछ । पानी सफा गर्ने तरिकाहरू उमालेर र छानेर हुन् । फोहोर पानी पिउनाले हामीलाई रोग लाग्दछ जस्तैः झाडापखाला, आउ, हैजा आदि । पानी जमिनमुनिबाट पनि निकाल्न सकिन्छ । पानीबाट विद्युत उत्पादन गर्न सकिन्छ । कलकारखाना चलाउन सकिन्छ । पानीबाट घट्ट चलाउन सकिन्छ । पानीलाई हामी पुनः प्रयोग पनि गर्न सक्छौँ । जस्तै लुगा धोएको, तरकारी पखालेकाे पानी करेसाबारीमा, बोटबिरुवामा हाल्न सक्छौँ । पानीले हाम्रो जीवनमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।