Logo

Student Corner

अराजक लोभ

Written by: Aaditya Uprety - 24002, Grade XII

Posted on: 19 January, 2024

मानिसले आफ्नो जीवन शैली परिवर्तन गरी

आफूलाई सन्त भएको दाबी गर्दा

आफ्नो चाहना पूरा नभएको देखेर

भित्र लोभ व्याप्त हुँदाहुँदै पनि ।


 

धर्मले मानवतालाई जीवित राख्छ

लोभ र लालसा बर्बादीका कारक

लोभलाई अस्वीकार गर्नेहरू

नेतृत्वका हकदार हुनैपर्छ

 

यद्यपि जीवनको प्रक्रिया

निर्ममताको लागि मनाउन थाल्छ 

तर लोभमा लिप्त भएमा

पीडामा परिणत हुने निश्चित छ ।