Logo

Student Corner

अविस्मरणीय यात्रा

Written by: Sajiya Tamang - 25065, Grade XI

Posted on: 18 January, 2024

हामीले एसईई  परीक्षा दिनुभन्दा अगाडि तयारीमा लागिरहेको बेला नै हामीलाई भ्रमणबारे हाम्रो स्कुलको प्रधानाध्यापकज्यूले जानकारी दिनु भएकाे थियाे । 

त्यतिबेला हामी एकदम खुसी र उत्सुक भएर एसइइको तैयारी नै बिर्सेर कक्षामा हल्ला गरेको मलाई अझै पनि याद आउँछ। त्यसपछि हामी फेरि पढ्न थाल्यौं किनभने एसईई परीक्षाको दिन अझै नजिक नजिक आउँदै थियो । 

केही दिनपछि एसईई परीक्षाको दिन आयो र हामीले सबैले सबैको परीक्षा दियौँ । म त्यसबेला एकदमै बिरामी भएको थिए तर साथीहरूले साथ दिँदा मलाई धेरै गारो भइरहने चाहिँ भएन । परीक्षाका दिनहरू सकिएपछि हामीले कक्षामा एकअर्काको मुख हेर्न पाउने दिनहरू पनि सक्किए ।


 

बिदाको सुरुको दिनहरूमा त मलाई रमाइलो नै भएको थियो तर जब मलाई कलेजमा पढ्न सजिलो होस् भनेर ब्रिजकोर्स पढ्न पठाइयो तब मलाई मेरो रमाइलो सबै सक्किएजस्तो लागेको थियो । 

ब्रिजकोर्स पढेको १५ दिन जति हुँदा हामीलाई हाम्रो स्कुलबाट भ्रमण लैजाने समाचार आयो र म र मेरा साथीहरू निकै खुसी भयौं । यो भ्रमण हामी साथीहरूसँगको अन्तिम भ्रमण थियो र जानै पर्छ भनेर  हामीले एकअर्कालाई भन्यौं । हाम्रो भ्रमण तिन दिन र दुई रातको गर्ने भनेर सूचना दिइयो र यो सूचना आउँदा त मलाई यस्तो लग्यो कि मेरा रमाइलो गर्ने दिनहरू अझै बाँकी रहेछन् । कमै भए पनि आफ्ना साथीहरूसँग एसईई सकिएको तेस्राे दिनपछि भ्रमण जना पाउनु नै मलाई ठुलो हो जस्तो लागेको थियो। 

भ्रमणको दिन पनि आयो। सबैजना नभएपनि यो भ्रमण रमाइलो हुनेछ भन्ने आशा हामी सबैको मनमा थियो। त्यस दिन हामी स्कुलमा बिहान सबेरै तैयार भएर आइपुग्ने योजना गरियो र हामी बिहानै स्कुल पुग्यौं । स्कुलमा हामीलाई हामीसँग आउने सरले पर्खिरहनु भएको रहेछ। हामीले सरलाई अभिवादन गर्यौं र अरु साथीहरूसँग पनि भेट्यौँ। 

मलाई मेरा साथीहरूसँग धेरैपछि यसरी भेट हुँदा निकै राम्रो लागेको थियो र हामी सबैजनाले एकार्कासँग उत्सुकताको भाव साट्याैँ। सबैकुराको टिपोट गर्दागर्दै केही समय स्कुलमै बित्यो र त्यसपछि हामी गाडीमा बस्यौँ। धेरैपछि आफ्नो स्कुलको गाडी चड्न पाउँदा मलाई खुसी लाग्यो र त्यसबेला मेरो अनुहारबाट हाँसो हट्दै हटेन । मेरा साथीहरूको अवस्था पनि यस्तै नै थियो ।

गाडी गुड्न थाल्यो र गीत बज्न थाल्यो र त्यसबेला मलाई पहिले स्कुलबाट पिकनिक गएका दिनहरू झल्झली याद आइरहेको थियो । हामी त्यस दिन बीच बीचमा विश्राम गर्न र ताजा खाना खानका लागि रोकियौँ । अनि हाम्रो गन्तव्य पोखरा पुग्दा राति भएको थियो । त्यहाँ एउटा होटेलमा बास बस्न गयौँ । हामीलाई हामीसँग आउनु भएको सरले कोठा मिलाइदिनु भयो र हामीले खाना खाएर एकछिन सबैसँग रमाइलो समय बिताएर आफ्नो कोठा तर्फ सुत्न भनि लाग्यौं । 

मलाई दिनभरि गाडीमा हिडेको थकाइले एक्कैछिनमा निदाउने बनाइदियो तर मसँगै एउटै कोठामा भएकी मेरी साथीलाई भने पेट दुखेर निन्द्रा नै आएको छैन रहेछ। उसले बिहान म उठेपछि मात्र मलाई ऊ ढिलो सुतेको कुरा भनि। त्यस बिहान हामी सबै चिया सिया खाएपछि फेवा तालतिर सरसंगै लाग्यौं र हामी डुंगामा बसेर सबैजना पालैपालो गरेर मन्दिर पनि गयौं। त्यहाँ ती माछाहरू पानीमा तैरिरहेको देख्दा मलाई किन किन सारै खुसी लग्यो। एकछिन त्यहाँ बसेर हामी होटेल फर्कियौँ र होटेलमा एकछिन बसेर हामी फेरि अर्को गन्तव्य तर्फ लाग्यौँ। भ्रमणको अझै दुई दिन र एक रात बाकी थियो। फेरि हामी गाडीमा हिड्यौँ र हामीलाई सरले महेन्द्र गुफाभित्र देखाउन लग्नुभयो। हामीले त्यही नजिकको होटेलमा खानपान गर्यौं त्यसपछि फेरि हामी महादेवको ठुलो मूर्ति भएको मन्दिर गयौँ । त्यहाँ पुग्न निकै उकालो चाड्नु परेको थियो। सारै गारो भए पनि बिस्तारै एकअर्काको साहारा लिँदै हामी हिड्यौँ । त्यहाँको भ्रमण सकिएपछि हामी फेरि गाडीमा बस्यौं गीत गयौं र रमाइलो गर्दा गर्दै हामी ढिलो भएपनि बन्दीपुर पुग्योउ र बास बस्यौँ। त्यो हाम्रो भ्रमणको अन्तिम रात थियो । त्यो रात हामी सबैले खाना खाएपछि राती अलि ढिलोसम्म गफ गर्यौं अनि हाँस्दाहाँस्दै राति १२ बजेतिर आँखा लग्यो। भोलि बिहान उठ्न सारै गारो भए पनि म उठे र हामी बन्दीपुर घुम्न हिडेरै गयौँ । त्यहाँ पनि ठुलो उकालो चढेर मन्दिर गयौँ र हरियाली अनि ताजा हावाको प्रसस्त फाइदा लियौं । त्यहाँका घरहरू अनि मानिसहरू र उनका जीवनशैली देख्यौं। काठमाडौँ भन्दा फरक भएर होला मलाई त्यो ठाउँमा अलिकति निसास्सिएकोजस्तो महसुस भएको थियो । त्यसदिन हामी होटेलमा फर्केर चिया खाएर फेरि निस्क्यौं। हामी मलेखु पुग्यौं र त्यहाँ खाना साथै त्यहाँको माछा खाना रोक्यौं। मेरा साथी सबैले माछा खाए तर मैले खाइनँ। त्यहाँ खाना खाने कार्यक्रम सिद्देपछि हामी अब फेरि गाडी चढ्याैँ र काठमाडौँतर्फ लाग्यौं । 

काठमाडौँ पुग्ने प्रक्रियामा बाटो जाम भएका कारण हामीले धेरै बेर कुर्नु परेको थियो जुन हाम्रा लागि राम्रो समय थियो। त्यस दिन ढिलो भएपनि हामी सुरछित घर फर्क्यौं। भ्रमणका ती दिनहरू पत्तै नपाउने गरि बिते । घर फर्किदा मलाई सारै न्यास्रो लागेको थियो र मलाई लाग्छ मेरा सबै साथीहरूलाई पनि त्यस्तै भएको थियो होला। 

भ्रमणका ती दिनहरू मलाई प्यारो लाग्छ र कहिलेकाहीँ सम्झने गर्छु। सँगै पढेका ती सथिहरूसँगको अन्तिम भ्रमण निकै यादगार रह्यो।