Logo

Student Corner

मेरो विद्यालय

Written by: Siddhartha Aryal - 34032, Grade II

Posted on: 17 January, 2024

मेरो विद्यालयको नाम सिफल स्कुल हो । यो काठमाडौँको सिफलमा छ । मेरो विद्यालयमा कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ । मेरो विद्यालयमा सुन्दर बगैँचा पनि छ । मेरो विद्यालयको वातावरण शान्त र सफा छ । मेरो विद्यालयको शिक्षक शिक्षिकाहरूले हामीलाई धेरै माया गर्नुहुन्छ । मेराे विद्यालयमा शिक्षक शिक्षिकाहरूले पढाइसँगै खेलकुद, नाचगान, योग र कला पनि सिकाउनुहुन्छ । मलाई फुटबल र टेबलटेनिस खेल्न मन धेरै मन पर्छ । म स्कुलमा साथीहरूसँग धेरै खेल्छु । मेरो विद्यालयको खानेकुरा स्वस्थ्य र सन्तुलित हुन्छ । म सिफल स्कुलमा पढ्न पाउँदा धेरै खुसी छु ।