Logo

Student Corner

आँखा

Written by: Isha Shrestha - 25064, Grade XI

Posted on: 16 January, 2024

ठुला अनि रसिला ती गाजलु आँखा 

चाहिदैनन वर्णन गर्न स्वर र भाका 

त्यो आँखाको हाउभाउले पारेको प्रभाव 

पुरै बदली दिन्थ्यो मेरो स्वभाव

 

केवल त्यही तिम्रै आँखाले गरेको त्यो जादु 

म पुरै मन्त्रमुग्ध भएर भए बेकाबु 

लत लागेझैँ भयो मलाई तिम्रो आँखाकाे 

तलाशमै थिए जब तिम्रो भाकाको 


 

आँखा,

मैले तिमीलाई एउटा छु नजरले हेर्ने मौका पाएँ 

जसबाट मैले तिमीलाई मेरा मनका कुराहरू पनि पोखाउन चाहेँ 

हो,

त्यही आँखा जसले यो दुनियाँका भावलाई पनि 

छुट्टै नजरले हेर्न सिकायो

त्यही आँखा जसले मुखभन्दा नि स्पष्ट भाव देखाउन अनि झल्काउन

हो,

त्यही आँखा जसलाई हेर्दा 

मैले एउटा छुट्टै खालको सुन्दर नजारा देख्थेँ 

त्यही आँखा जसलाई हेर्न म दिनदिनै भगवानलाई पत्र लेख्दथेँ  

त्यही आँखा जसमा गाजल अनि श् श्रृङ्गारको लेप चाहिदैन 

त्यही आँखा तिम्रोबाहेक आरुकोमा पाइदैन 

त्यसैले त म आँखा प्रेमी छु !