Logo

Student Corner

इन्टरनेट

Written by: Manip Maharjan - 2022009, Grade X

Posted on: 13 September, 2020

इन्टरनेट एक विश्वव्यापी सञ्जाल हो जसले संसारभरिका सबै कम्प्युटरहरूलाई एकअर्कासँग जोडेको हुन्छ । इन्टरनेट बहुउपयोगी सञ्जाल हो। यसले सारा विश्वलाई एउटा साँघुरो घेराभित्र कैद गरेको छ। हाल यसको प्रयोग दिनानुदिन बढ्दो छ। घर, कार्यालय, अस्पताल, विद्यालय,क्याम्पस जस्ता क्षेत्रमा यसको प्रयोग हुँदै आएको छ। 

कुनै नयाँ ठाउँमा जानुपर्दा पनि इन्टरनेटको सहयोगले त्यस ठाउँको बारेमा आफूलाई चाहिएको जति सूचना प्राप्त सक्छौँ । संसारभरि कहाँ के भइरहेको छ ? त्यसबारेमा पनि थाहा पाउन सक्छौँ । हामीले टाढा रहेका आफन्त साथीभाइसँग पनि कुराकानी र खबर आदानप्रदान गर्न सक्छौँ । एक शताब्दी अगाडिसम्म असम्भव मानिएका कुरा आज इन्टरनेटले सम्भव गराएका छन् । इन्टरनेटले  संसारलाई  नै धेरै परिवर्तन गरेको छ। अब हामी इन्टरनेट प्रयोग गरेर संसार देख्न सक्छौं। त्यति  मात्र होइन हाम्रो समाजमा इन्टरनेटले धेरै सकारात्मक प्रभाव पारेको छ। रोजगारीका साथै मनोरञ्जन पनि प्रदान गरेको छ। हामी इन्टरनेटबाट सामान किन्न र बेच्न सक्छौँ । इन्टरनेटमार्फत्  अनलाइन बैंकिङ काराेबार  पनि गर्न सक्छाैँ । हामीले टिभी वा पत्रपत्रिकाबाट प्राप्त गर्ने समाचार इन्टरनेटबाट थाहा पाउन सक्छौँ । इन्टरनेटमा धेरै पुस्तकहरू उपलब्ध छन् । जसबाट विद्यार्थी, शिक्षक सबैले लाभ लिन सक्छन्। अब विद्यार्थीहरूले पुस्तकालयमा गएर अध्ययन गर्नुपर्दैन । आफूलाई मन लागेको पुस्तक इन्टरनेटबाट सजिलै पढ्न सक्छन्। 

इन्टरनेटका  धेरै सकारात्मक पक्षहरू  भए पनि यसका  केही नकारात्मक पक्षहरू पनि छन् । यसकाे समुचित प्रयाेग नगर्दा र गर्न नजान्दा मानव जीवनमा केही सङ्कट पनि उत्पन्न भएकाे छ । इन्टरनेटमा भएका अश्लील सामग्रीको कुलतमा परेर समाजमा यौन हिंसाका घटनाहरू पनि बढ्दै गएका छन्। बालबालिकाहरूसमेत आफ्नो अध्ययनभन्दा घन्टौंसम्म मनोरञ्जनमा समय खर्चिने गरेका छन्। 

त्यसकारण हामीले इन्टरनेटको  राम्रोसँग प्रयोग गर्‍यौं भने। हामीले यसबाट धेरै कुरा सिक्न सक्छौँ  । आजको समयमा यो मानिसको अभिन्न साथी जस्तै बनेर  मानिसका दैनिकीलाई सहयोग गर्दै आएको छ। यसको समुचित प्रयोगमा नै मानवको हित हुने कुरामा कुनै शङ्का छैन।