Logo

Student Corner

पृथ्वी

Written by: Yug Shrestha - 33034, Grade III

Posted on: 16 January, 2024

 सौर्यमण्डलमा आठवटा ग्रहहरू छन् । ती ग्रहहरूमध्ये पृथ्वी पनि एक हो । पृथ्वीलाई सूर्य घुम्न ३६५ दिन लाग्दछ र यो ग्रहमा एक दिन र एक रात २४ घण्टाको हुन्छ । पृथ्वी गोलाकार छ । ग्रहहरूमध्ये यो पाँचौँ ठुलो ग्रह हो र जीवजन्तु बाँच्न सक्ने वातावरण भएको एकमात्र ग्रह हो । पृथ्वीको करिब ७१ प्रतिशत भाग पानीले ढाकेको छ । यस ग्रहमा रहेका महासागरहरूका नाम प्रशान्त महासागर, एट्लान्टिक महासागर, एन्टार्टिक महासागर, हिन्द महासागर, आन्द्र महासागर आदि हुन् । यस्तै जमिनको भागलाई सात महादेशमा विभाजन गरिएको छ । जसको नाम एसिया महादेश, अफ्रिका महादेश, उत्तर अमेरिका महादेश, दक्षिण अमेरिका महादेश, अन्ट्रार्कटिका महादेश युरोप महादेश र अष्ट्रेलिया महादेश हुन् । पृथ्वीको सबैभन्दा उच्च बिन्दु नेपालको सगरमाथामा पर्छ भने सबैभन्दा निम्न बिन्दु इजरेल र जोर्डन देशको बिचमा पर्ने डेड सि हो ।