Logo

Student Corner

आमा तिम्रो माया एक रहस्य

Written by: Prarthana Khatiwada - 24026, Grade XII

Posted on: 26 December, 2023

आमा तिम्रो माया एक रहस्य 

बुझ्दै छु 

मेरो खुशी नै जीवन रहेछ सायद तिम्रो लागि 

मेरा करोडौँ समस्या र दुःखलाई छोप्दै 

उभिन्छ्याै सधैँ साथमा  

मेरो आखाँबाट बगेको आसुँ रोक्दै 

तिम्रो मायाको कवचले मलाई सधै रक्षा गर्छ 

निडर छु स्वस्थ छु 

तिमी मेरी ऊर्जाकी प्रेरणा

आमा तिम्रो माया एक रहस्य 

बुझ्दै छु 

मेरो खुशी नै जीवन रहेछ सायद तिम्रो लागि  

तिम्रो एक अँगालो मायाभित्र मेरा सुख दुःख लुकेका 

मेरो जीवनको सुवास त्याे अँगालोमा समेटिएको 

म जति बुझ्दै छु

त्यो वात्सल्य झनै रहस्यमयी मेरो लागि 

म चाहन्छु यो सधैँ रहस्य नै रहोस् मेरो लागि 

सधैँ रहस्य नै रहोस् मेरो लागि 

रहोस् मेरो लागि