Logo

Student Corner

मुनामदन खण्डकाव्यकाे पुस्तक समीक्षा

Written by: Pasang Doma Sherpa - 30019, Grade VI

Posted on: 26 December, 2023

परिचय

कक्षा ५ र ६ मा अध्ययन गर्ने हामी विद्यार्थीलाई भदौ महिनाको मासिक पुस्तक पठनअन्तर्गतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचिएको ‘मुनामदन’ भन्ने खण्डकाव्य अध्ययन गर्ने अवसर पाउँदा अत्यन्त खुसी भयौँ । यस पुस्तकलाई साझा प्रकाशनले प्रकाशन गरेको हो । यो खण्डकाव्य झ्याउरे छन्दमा रचिएको छ । पुस्तकको आवरणकला टेकवीर मुखियाले गरेका हुन् । यो खण्डकाव्यमा ४० पानाहरू रहेका छन् । 

पात्र-

मुना, मदन, बुढी आमा,गुण्डा,  नौनी भाउजू  मदनका साथीहरू आदि यस कथाका पात्र हुन् ।  यो कथामा मुना र मदन मुख्य पात्रकाे भूमिमा आएका छन् ।  आमा, साथीहरू, भाेटे सहायक पात्र हुन् । अरू सबै गौण पात्र हुन् । मदनका साथी र गुण्डा खराब पात्र हुन् भने अरू सबै पात्रहरू असल पात्रका रूपमा देखिएका छन् । 

परिवेश

यो पालिको मासिक पुस्तक पठनअन्तर्गतमा मैले पाएको ‘मुनामदन’ भन्ने खण्डकाव्यमा मुना र मदनको घर, भोट जाने बाटो, जङ्गल, भोट, भोटेको घरलगायतका ठाउँहरू स्थलगत परिवेशका रूपमा आएका छन् । यस खण्डकाव्यमा   गाउँको परिवेश छ । 

कथावस्तु

मदन गरिब भए पनि मदनले मुनालाई अत्यन्त माया गर्थ्यो । आमाको पाटीपौवा बनाउने र मुनाको सुनको गरगहना लगाउने इच्छालाई पूरा गर्न मदनआफ्ना साथीसँग भोट जाने निर्णय बनाउँछ। मदन आफू ल्हासा जाने भनेर बताएपछि मुनाले मदनलाई आफूसँग बस्न आग्रह गरिन् । मुनाले मदनलाई भोट नाजाने भनेर “हातका मैला सुनका थैला, के गर्नु धनले ? साग र सिस्नु खाएको बेस आनन्दी मनले” भन्छिन् । तर मुनाले मदनलाई बस्न बिन्ती गरे तापनि मदनले छिटै घर फर्किने वाचा गरेर आफ्ना साथीहरूसँग भोटको लागि निस्कन्छ। मदन र उनका साथी ल्हासामा रहेको सुनको गुम्बा देखर दङ्ग परेका थिए। गुण्डाहरूले मुनाको सुन्दरताको कारणले आफूसँग विवाह गरून् भन्ने चाहन्थे । उनीहरूले नौनी भाउजूसँग मद्दत पनि मागे । तर मुनाले तिनीहरूलाई अस्वीकार गरिन्। मदनले ल्हासामा काम गरेर कमाएको दुईटा सुनका थैला बोकी घर फर्किने निधो गरे । भोटबाट फर्किने बेलामा मदनलाई हैजा लाग्छ जसले गर्दा उनका साथीले उनलाई जङ्गलमा छोड्छन् । गाउँमा गुण्डाले मुनालाई मदन मर्यो भन्दै फकाउन थाल्छन् । त्यतिबेला मदनका साथीहरू घर पुग्छन् । उनीहरूले सायद मदनको मृत्यु भयो हाेला भनेर बताए । मदनको मृत्यु भएको खबर सुनेर मुनाको हृदयघात भयो । जङ्गलमा एउटा भोटेले मदनलाई भेट्टायो ।  भोटेले मदनलाई बाेकेर आफ्नाे घर लग्याे । मदनलाइ जडीबुटी खुवाए । निको भएपछि मदनले भोटेलाई एउटा सुनका थैला दिएर खुट्टा ढाेग्न खाेज्छन्  तर भाेटेले स्वीकार गरेनन् । “क्षेत्रीकाे छाेराे याे पाउ छुन्छ घिनले छुँदैन, मानिस ठुलाे दिलले हुन्छ जातले हुँदैन” भन्दै मदनले भाेटेकाे खुट्टामा ढाेग्छन् । जब मदन घर फर्किए उनकी आमाकाे भर्खरै बित्नुभएको थियो । आफ्नी श्रीमतीको मृत्युको खबर सुनेपछि उनको मुटु भाँचिए झैँ भयाे । आमा र श्रीमतीकाे यादमा  उनी विक्षिप्त बने । चिन्तै चिन्ताले गर्दा मदनकाे पनि मृत्यु भयो ।  यसरी याे कथाकाे दुःखद अन्त्य भएकाे छ ।