Logo

Student Corner

मलाई मन पर्ने किताब

Written by: Vedanga Aryal - 34018, Grade II

Posted on: 26 December, 2023

मलाई मन पर्ने किताब गणित हाे । गणित विषय धेरै नै रोचक र रमाइलो छ । यो किताबबाट मैले अङ्कहरूका बारेमा सिकेँ । मैले सुरुमा अङ्कहरू त्यसपछि जोड, घटाउ, भाग, गुणन तालिका पनि जानेँ । मलाई गणितको प्रश्नहरू समाधान गर्न धेरै सजिलो र रमाइलो लाग्छ । यो विषयले मलाई अङ्कहरूसँगै खेलाउँछ । यो विषय जति पढ्याे त्यति नै पढ्न मन लाग्छ । यो विषयले अङ्कहरूका मात्र ज्ञान दिने होइन । यसले त समय, वस्तुका आकारहरू, पैसाको हिसाब र अरु थुप्रै कुराहरू सिकाउँछ । जुन दैनिक जीवनमा धेरै उपयोगी हुन्छ ।