Logo

Student Corner

स्मृतिमा यो पदयात्रा सधैँ रहिरहने छ !

Written by: Nimesh Rai - 25068, Grade XI

Posted on: 25 December, 2023

एसइई सकिएको पनि झन्डै १० दिन भइसकेकाे थियाे । परीक्षा सकिएपछि धेरै खुसी लागेकाे थियो तर त्यो खुसी धेरै दिनसम्म रहेन । दिनहरू बित्दै गयो । मलाई घर बस्न पनि अल्छी लाग्न थाल्यो । के गरुँ के गरुँ हुन्थ्यो । जहिले घरमै बस्थेँ । म दिनदिनै अल्छी भएको देखेर मेरो बुबाले मलाई पदयात्रा लाने निर्णय लिनुभयो । 

यो कुरा सुनेपछि म सोचमा डुबेँ । घर बसेर आफू अल्छी भएको महशुस गरेपछि म पदयात्रा जानको लागि तयार भएँ । म यो यात्राको लागि सहमत भएको देखेर मेरो आमा र बुबा खुसी हुनुभयो । म पनि उत्साहित थिएँ । सबै भइसकेपछि म पदयात्रा जाने कुरा मिल्यो । भने जस्तो कहाँ सजिलो थियो र ? पदयात्राका लागि चाहिने सामान खोज्दा खोज्दै २ दिन बित्यो । मेराे आमाले मलाई चाहिने सामानहरू राखिदिनुभयो।

 

हेर्दाहेर्दै पदयात्रा जाने समय नजिक आयो । मेरो उत्सुकता बढ्दै गयो । अन्त्यमा त्यो दिन पनि आइपुग्यो । म र मेरो बुबा बिहान ५:३० मा उठ्यौँ । ट्याक्सी चढ्यौँ अनि बुबाको एउटा विदेशी साथीलाई लिन गयौँ । उहाँलाई लिएपछि फेरि आफ्नो यात्रातिर लाग्यौँ । काठमाडौ थानकोट कटेपछि धादिङ जिल्लाकाे नौबिसेमा चिया र नास्ता गरी मुग्लिङ अनि चितवन हुँदै हामी बसबाट बेसीसहर पुग्यौँ । त्यहाँबाट जीप चढ्यौँ र रातिकाे ८ बजेतिर धारापानी नामक एक ठाउँको एउटा होटलमा पुग्यौँ। मलाई खुब थकाइ लागेको थियो। तर मजा पनि आयो । त्याे रातको भोलिपल्ट हाम्रो पदयात्रा सुरुभयो । 

हामीले बिहानै होटलबाट चेक आउट गरेर आफ्नो यात्रातिर लाग्यौँ । हामी त्यस दिन मनाङको सदरमुकाम चामेमा पुग्यौँ ।

त्यहाँसम्म पुग्न हामीलाई लगभग ६/७ घन्टा लाग्यो । बाटोमा मैले धेरै सुन्दर नजाराहरू देखेँ। खाँदै हाँस्दै र मिठा तथा ज्ञानगुनकाे कुरा गर्दै हामी तीन जना चामे पुगेका थियौँ ।

हामीले त्यस रात चामे मै कटायौँ ।

बिहानै उठेर चामेबाट आफ्नो दोस्रो दिनको यात्रा सुरु गऱ्यौँ । हामी त्यस दिन चही अप्पर पिसाङ पुग्नुपर्ने थियो । त्यो दिनको यात्रा सारै नै रमाइलो भएको थियो। बाटोमा मैले धेरै नै सुन्दर ठाउँहरू हेर्न पाएँ । त्यसदिन हामी लगभग ७/८ घन्टाको हिडाइ साथ अप्पर पिसाङ पुग्यौँ । 

हामी अप्पर पिसाङ समयमै पुगेका कारण बाबाले हामीलाई अप्पर पिसाङ घुमाउनुभयो । अप्पर पिसाङमा भने त्यस दिन पुजा भइरहेको रहेछ। हामी पनि त्यस पुजा मा गयौँ। हामीलाई त्यहाको दिदीले नुन चिया र पुजाको प्रसाद दिनुभयो। अप्पर पिसाङको

हावा खाँदै र रमिता हेर्दै मैले दिदीले दिनुभएको चिया र प्रसाद खाएँ। हामीले त्यो रात अप्पर पिसाङमै कटायाैँ ।

हाम्रो तेस्रो दिनको पनि सुरुवात भयो । अप्पर पिसाङबाट हामी बिहानै निस्कियौँ । यो दिन भने हामीलाई अरु दिनभन्दा अलि बढी हिड्नुपर्ने थियो। यस दिनको हाम्रो गन्तब्य चाहिँ नावल थियो । लगभग ८ घन्टाको हिडाइसाथ हामी नावल पुग्यौ। हामी जति अघि बढ्दै गएका थियौ त्यतीनै जाडो पनि बढिरहेको थियो। नावलमा पुग्याैँ । त्यहाँकाे शान्ती होटलमा बास बस्याैँ। त्यस होटलका दिदप्हरू भर्खर कै हुनुहुन्थ्यो तर होटल भने एकदम राम्ररी चलाउन सक्ने हुनुहुन्थ्यो। वहाँहरूको बोलीचाली बानी सबै राम्रो थियो। हामीले त्यस रात शान्ती होटलमै बितायौँ।

त्यसैगरी हाम्रो चौथो दिनको यात्रा पनि सुरु भयो । यो दिन भने हामी मनाङ पुग्नु थियो । बाटोमा खाँदै गफ गर्दै हामी मनाङ पुगिसकेको रहेछाैँ। यस दिनको हाम्रो हिडाइ अरु दिन भन्दा ढिलाे थियो। बाटोमा हिडिरहदा मैले एउटा घोडा पनि देख्न पाएँ।

त्यो घोडालाई आफ्नो झोलामा भएको स्याउ निकालेर दि ।घोडाले मिठो मानि खाएको देख्दा आफूलाई पनि छुट्टै खुशी अनुभव भएको महसुस गरे। मनाङमा भने हाम्रो आराम गर्ने दिन थियो। मनाङमा चही हामी तिलिचो होटलमा बसेका थियौं । यो होटल भने कुनै ५ तारे होटलभन्दा कम थिएन । पदयात्रामा हिडिरहँदा भेटेका ती सबै मानिसहरू मैले फेरि त्यस होटलमा भेटेको थिएँ। 

यसै गरी हाम्रो पाँचौँ दिन पनि त्यही होटलमा बित्यो। अरु पदयात्रामा भेटेका अङकलहरूसँग म चेस खेलेको थिएँ । कुनै खेल हारियो पनि कुनै जितियो पनि तर पनि मेरो मन भने खुशी थियाे । धेरै समयपछि यसरी घुम्न पाउँदा खुशी लागेको थियो। 

यसैगरी हाम्रो आराम गर्ने दिन पनि सकियो र हामीले हाम्रो छैटौ दिनको सुरुवात गर्याैँ।

यो दिन भने हामी धेरै हिड्नुपर्ने थियो। यो दिन चाहिँ हामी याखरखा पुग्नु थियो ।  लगभग ६/७ को हिडाइपछि हामी हाम्रो गन्तव्मा पुग्यौँ । त्यहाँ पुगेपछि हामीले खाना खायौँ र आराम गर्नतर्फ लाग्यौँ। हामीले त्यो ठाउँको विशेष मासु पनि खायाैा। मासुको पैसा महङ्गो भए पनि सारै मिठो थियो । त्यसैगरी हाम्रो छैटैँ दिन पनि सकियो । 

हाम्रो सातौ दिन पनि सुरुवात भयो । यस दिन भने हामी फेदी पुग्नु थियो । यस दिनको यात्रा पनि लामो थियो । धेरै उकालो ओरालो पार गरी हामी अन्तिममा हाम्रो गन्तव्य पुग्यौँ। हामी अलि चाँढै सुतेर भोलिको लागि तयार बसेको थियौ।

अब सुरु भयो हाम्रो पदयात्राको मुख्य र गाह्रो दिन । यस दिनमा भने हामीले थोरङपास ५४१६ मिटर काटेको थियौँ। यस दिनमा हामी बिहान ४ः३० बजे हिड्न सुरुवात गरेका थियौँ। यो दिन भने क्रमश रुपमा हेर्दा अरु दिनभन्दा धेरै नै गाह्रो थियो । जसोतसो गरी हामीले हाम्रो पदयात्राको मुख्य ठाउँलाई पार गऱ्यौँ । लगभग ११ घन्टाको हिडाइ र थोरङपास कटेपछि हामी मुक्तिनाथ पुग्यौँ । 

मुक्तिनाथ मन्दिरको दर्शन गर्न पाउँदा मेरो भित्री आत्मा सन्तुष्ट भएको थियो। 

मुक्तिनाथ पुगेपछि बाबाले मलाई बेलुकातिर मेरो मन पर्ने खाना मःम खुवाउन लग्नु भएको थियो। धेरै दिनपछि मःम खाँदा त स्वर्ग पुगेझैँ लाग्यो । पदयात्राभरिको मुख्य दिनको समाप्त भएको थियो । थोरङपास कटेपछि सारै नै खुशी लागेको थियो। आफू माथि म गर्वित भएकाे थिएँ ।

काठमाडौ फर्किने दिन पनि नजिकिदै थियो। मुक्तिनाथबाट हामी ४ घन्टा बस चढी तातोपानी नामक ठाउँ पुगेका थियौँ । 

त्याे ठाउँकाे विशेष कुरा चाहिँ प्रकृतिले नै दिएको तातोपानी रहेछ अथवा न्याचुरल हट स्प्रिङ्ग । हामी त्यस तातोपानी मा गएर बसेको थियौँ । पानी एकदमै तातो थियो । आधा घन्टा जति पानीमा बसेपछि हामी हाम्रो होटल फर्केका थियौँ । अब भने हिडनु पर्ने एक दिन मात्र बाकी थियो। तर बाकी भाको दिन भने उकालोले भरिएको थियो । लगभग १० घण्टाको हिडाइपछि हामी घोरेपानी पुगेका थियौँ । यस ठाउँको विषेश कुरा चाहि पुनहिल थियो । पुनहिलबाट चाहि बिहान घाम झुल्केको हेर्न पाउने रहेछ।

हामी बिहान उठेर पुनहिल पुग्यौँ र घाम झुल्केको देख्न पाएको थियो। हाम्रो हिड्ने दिनहरू समाप्त भएको थियो । घोरेपानीबाट गाडी चढी हामी पोखरा पुग्यौँ । पोखरामा पदयात्राको अन्तिम खाना खाएपछि हामी नाइट बसमा काठमाडौ फर्कियौँ ।

मेरो पदयात्रा सकियो । मैले पदयात्राबाट धेरै कुरा सिक्न र देख्न पाएँ । बुबाको पेसा नै पदयात्रा हो । उहाँको दुःख पनि मैले महशुस गरेँ । बाबाको मप्रति माया पनि मैले अनुभव गर्न पाएको थिएँ । पदयात्राले मनाेरञ्जन मात्र नभई नयाँ अनुवभ पनि दिनेरहेछ । 

मेरो जीवनको स्मृतिमा यो पदयात्रा सधैँ रहिरहने छ !