Logo

Student Corner

शिशिरको मोह

Written by: Shreyansh Pokharel - 24039, Grade XII

Posted on: 22 December, 2023

बिहानीको चिसोमा न्यानोपन खोज्न आउँदा

हिउँलेआफ्नो आगोलाई जलाउँछ,

चिसो रातीमा अरूलाई तपाउँन लगाउँछ

र हाम्रो आगमनले न्यानोपन निम्त्याउँछ ।

हातमा हात राखी हिउँचुम्दा

जाडोले बदलेको हाम्रो मनमा गर्मी ल्याउँछ

पर्वतका  शिखरमा हामी एकैघरमा बसेर ।
 

शिशिर प्रेमको साथी बनेर

शिशिरको प्रेम हिउँले सजाउँदै

हातमा हात राखी सँगै बसाउँदै

हावाको सास्तीमा बिस्तारैबसी रहन्छ

आफ्नो मोहमा खोजी बरफका तारा।

 

जाडोमा पनि मोह नै हो लुकेको

हिउँपातको सुन्दरता छ देखेको

प्रेमको आभास न्यानोपनले ल्याउँछ

हामीलाई यस मोहको महशुस 

न्यानोपनले दिलाउँछ।