Logo

Student Corner

सायद ! राम्रै निर्णय गरेँ भन्ने मराे निष्कर्ष हाे …

Written by: Yuzence Ghising - 25045, Grade XI

Posted on: 21 December, 2023

सानैदेखि नै मेरो बाबाले मलाई १० कक्षाको परीक्षा तिमीले राम्राे गर्नुपर्छ भन्नुहुन्थ्याे ।  

बिस्तारै दिनहरू बित्दै गए । हेर्दाहेर्दै ती दिनहरू कहिले वर्षमा बदलिए मैले थाहा नै पाउन  सकिनँ I 

म आँखा झिम्काउना साथ १० कक्षामा पो आइ पुगेछु I याे माेडमा मैले धेरै ओटा साथीहरू बनाएँ । केही साथीहरूसँग अहिले पनि राम्राे सम्बन्ध छ । बोलचाल हुन्छ  भने केहीसँग हुँदैन I 

हेर्दैहेर्दै एसइई पानी आइपुग्यो । मलाई आफूप्रति पुरै विश्वास थियो I मलाई थाहा थियो कि मैले गरेको मेहेनत काफी छ भनेर I मेरो परीक्षाकेन्द्र प्रर्दशनी मार्गको ‘पद्मोदया क्याम्पसमा थियो I मैले आफ्नो एसइईको परीक्षा राम्ररी  दिएँ I अन्तिम दिनमा साथीहरूसँग बसेर तिनीहरूलाई राम्रोसँग बिदाई पनि गरेँ I

एसइई सकिएपछि मेरो मनमा एउटा अचम्मको भावना पाे आयाे I डर भानूँ कि उत्साह भनूँ I सायद दुवैभन्दा ठिक होला तर एउटा अनौठो किसिमको भावना थियो त्यो I यत्राे वर्षदेखि गरेको त्यो मेहेनत एकै छिनमा सकियो I  

मलाई अब केही नयाँ कुराको अनुभव गर्नु थियो I त्यसैले गर्दा होला मेरो मनमा त्यो किसिमको भा‌‍‍‍वना आएको I मेरी ममीले मेरो हाउभाउमा यस्तो परिवर्तन देख्नु भएको भएर मलाई आफूसँग मामाघर लग्नुभयो I

मामाघर धरान । मामाघर मलाई सानैदेखि धेरै नै मन पर्छ I मेरो बाल्यकालको प्राय जस्तो समय त्यही नै बितेको हो I म आफ्नो मामाघरको हरेक कुनालाई चिन्छु । हरेक मान्छेलाई चिन्छु I मामाघरमा त्यति बेला  धेरै नै रमाइलो गरेँ I  दिनभर त तातो घामले गर्दा कहाँ घरबाहिर जान सक्नु I तर बेलुका घाम ढलेपछि चाहिँ धेरै नै रमाइलो हुन्थ्यो I म आफ्नो हजुरबुबाको थोत्रो साइकलमा पुरै गाउ दुल्थेँ I 

गाउँको सबैभन्दा रमाइलो कुरा त्यहाँको  जङ्गल हुन्थ्याे I कोइलीको मिठो स्वर, पातहरूको खुस्फुस, खोलाको पानीको चिसोपन I मलाई यस्ता कुराहरू धेरै नै मन पर्छ I 

गाउँको त्यो सबै कुराले मेरो आत्मालाई आनन्द बनायो I गाउँको त्यो सफर मलाई एकदमै आवश्यक थियो I मैले आफ्नो गाउँको त्यो वातावरणमा खुल्ने र एउटा नयाँ जीवनको सुरुवात भो भन्ने आभूति भो I मेरो मन शान्त हुन थाल्यो। म रामाउन थालेँ I 

गाउँमा सबैभन्दा रमाइलो कुरा चै हजुरबुबाको कथा नै हुन्थ्याे I उहाँले मलाई आफ्नो जीवनको अनुभव, आफूले जीवनमा गरेको राम्रो निर्णय, नराम्रो निर्णय, भूतहरूसँग घटेको घटना आदि सुनाउनुहुन्थ्याे । याे क्रम अहिले पनि चलिरहन्छ म मामाघर जाँदा । 
 

मेरो गाउँमा २ महिना मेला पनि लाग्छ I अब मेला जस्तो कुरा त छुट्याउनु नै भएन I म आफ्ना साथीहरूसँग मेलामा गएँ I मेलामा धेरै प्रकारका सामग्रीहरू देखिन्छन् I  मेलामा काेही नाँचगान हेर्नमा व्यस्त् देखिन्थे । काेही समान किन्दै थिए I  मैले पनि ममीको लागि एउटा राम्रो चुरा पनि किनेँ  I ममी त्यो देख्ना साथ  एकदमै खुसी हुनुभयो I पहिलो पटक आफ्नो ममीलाई किनिदिएको भएर होला मलाई एकदमै खुसी लग्यो I सादय ममीले छाेराकाे प्रेम बुझ्नुभयाे ।  ममी भावुक नै हुनुभयाे । त्याे भाव म  शब्दमा पनि भन्न सक्दिनँ I 

गाउँमा एक महिनजति बसेँ I त्यसपछि हजुरबुबा र हजुरआमासँग बिदा मागे हामी सहर फर्कियाैँ I 

धेरैपछि आएर होला । सहर अर्कै लाग्दै थियो I अब मेरो जीवनमा सबैभन्दा द्विविधा आउँदै थियो I १२ मा के पढ्ने ? विज्ञान पढ्ने कि व्यस्थापन पढ्ने भन्ने प्रश्नले मलाई सताउन थाल्यो I यो समस्या मलाई मात्र हैन I मसँगै सबै एसइई दिएका साथीभाइहरूसँग नि पक्कै भयो होला I होस् नि किन नाई ? १० कक्षामा बसेर रमाइलो जस्तो कहाँ हुने थियो र अब I 

मैले बुबा, ममी र दाइदिदीसँग सोधेँ I उहाँहरूले मलाई तिमीलाई जे पढ्न मन छ त्यही पढ भन्नुभयो I मैले आफ्नो प्रश्नको उत्तर पाउनाको लागि ब्रिज कोर्ष गरेँ I त्यहाँ मैले धेरै नयाँ साथीहरू बनाएँ र केही केहीसँग अहिले पनि बोलचाल हुन्छ I 

अन्त्यमा मैले विज्ञान नै पढ्ने निधो गरेँ I 

अहिले म चावहिल सिफलस्थित डियरवाक सिफल स्कुलमा अध्ययन गर्दै छु   
 

यही माैकामा कक्षा १० मा सँगै पढेका साथीहरूसँग पनि घुम्न गएँ I हामी फरकफरक ठाउँहरू गयाैँ I अहिले विद्यालाय एउटै नभए पनि हामीहरू एकअर्काको धरै नै नजिक छाैँ I त्यसै बीचमा मेरो एउटा चञ्चल साह भन्ने  साथीले मलाई डियरवाक भन्ने स्कुलको बारेमा कुरा गरिन्  I सुरुमा मलाई अचम्म लाग्यो I यस्ताे नाम गरेका स्कुल त बाहिर देशतिर हुन्थ्याे भनेर सुनेको थिएँ तर हाम्रो नेपालमा पनि विकसित स्कुल छ भनेर मेरो मनले मान्नै सकेन I मैले अब डियरवाकमा नै पढ्ने विचार गरेँ I मैले आफूले सकेसम्मकाे साथीहरूलाई डियरवाक मै बोलाउन खोजेँ I केही साथीहरू आए पनि I अहिले तिनै साथीहरूसँग बसेर कुराकानीहरू गर्छाैँ । स्कुलका रमाइला पलहरू सम्झन्छाैँ र त हाँस्छौँ I 

यो तीन महिनामा मैले धेरै कुराहरू सिकेँ I बिस्तारै मेराे रुचि कम्प्युटरतिर गयाे । बुबाले मलाई एउटा नयाँ कम्प्युटर पनि किनिदिनुभयो I मैले आफ्नो रुची जीव विज्ञानबाट हटाएर नै लगेँ । त्यही भएर मैले जीव विज्ञान ठाउँमा कम्प्युटर लिएको I 

सायद राम्रै निर्णय गरेँ भन्ने मराे निष्कर्ष हाे । दियरवाकमा पढेर मैलेले धेरै कुराहरू सिक्ने प्रक्रियामा छु I 

आफ्नो कम आफै गर्नुपर्छ । एउटा पढ्ने मान्छेले अरुको आपेक्षा गरेर बस्दैन I म काे हुँँ भन्ने कुराकाे थाेरै भए पनि म बुझ्ने प्रयासमा छु ।