Logo

Student Corner

सहिदको रगत

Written by: Prasiddhi Dangol - 28009, Grade VIII

Posted on: 20 December, 2023

हिमाल  राम्रो तराई राम्रो अनि चुरे नि
यो देशमा शान्ति आउँदैन  जति कुरे नि 

दुइचार जना सज्जन व्यक्ति चाहिएको छ अब त

त्यतिकै खेर नजाओस्  हेर सहिदको रगत ।
 

ती कस्तुरी मृग यै देशमा नाच्छन्
यो देशको हिमाल हेरेर अरू सबै रमाउँछन्
नेपालदेखि नेपाली भनी रमाउँछ जगत
त्यतिकै खेर नजाओस्  हेर सहिदको रगत ।
 

देवी र देउता मन्दिर पनि यै देशमा पाइन्छन्
यिनको राम्रो सुरक्षा गर्न सज्जन चाहिन्छन्

हे आमा राम्रो सपुत यहाँ जन्माउ न अब त 

त्यतिकै खेर नजाओस्  हेर सहिदको रगत ।
 

रीतिरिवाज संस्कृति हाम्रो विश्वलाई  लोभ्याउने

यी हाम्रा संस्कार सुरक्षा कसाे गरी हाे जोगाउने

नराेकी चल्छ हातगोडा गल्छ सम्झदा अब त

त्यतिकै खेर नजाओस् हेर सहिदको रगत