Logo

Student Corner

मेरो जीवनको लक्ष्य

Written by: Unish Phuyal - 30070, Grade VI

Posted on: 20 December, 2023

मानिसले आफ्नो जीवनमा एउटा लक्ष्य लिएर अघि बढ्नुपर्दछ । लक्ष्य  भन्नाले जीवन‌मा भोलि गएर के बन्ने ? अथवा कस्तो काम गर्ने ? भन्ने बुझिन्छ । हामीले आफूभित्र रहेकाे लक्ष्य तय गर्नुपर्छ । त्यसपछि आफ्नो लक्ष्य प्राप्त गर्नको नाम लागि समयको सही सदुपयोग गर्दै परिश्रम गर्नुपर्दछ र सफल भएरै छाेड्छु भन्ने सङ्‌कल्प गर्नुपर्दछ । सबैले सजिलै लक्ष्य प्राप्त गर्न सक्छन्, भन्न सकिँदैन । हरेक चुनाैतीहरूको डटेर सामना गर्दै सङ्घर्षका कदमहरू अघि  बढाएमा लक्ष्य प्राप्तिमा अवश्य पनि पुग्न सकिन्छ । म सानैदेखि विज्ञान विषयमा रुचि राख्ने विद्यार्थी हुँ र अहिले  पनि मलाई जीव विज्ञान सबैभन्दा मनपर्ने विषय हो । त्यसैले मलाई डाक्टर बनेर बिरामीकाे उपचार गर्न मन छ ।