Written by: Isha Shrestha - 25064, Grade XI
Posted on: 19 December, 2023
नाजुक छ मन मेरो
डुल्छ यताउता
घरि तिमीतिरै
घरि मैतिर
चल्छ नानाथरl बेकम्फुसे बातहरू
सोच्दा सोच्दै कतिखेर कट्छन ती रातहरू
शब्द एक भए पनि डुल्छ अनेकतिर
घरि हाँस्छ त घरि लिन्छ पिरै पिर
मनको कुरा घरि पाउ त घरि सिरैमा
आत्तिएको मनले कहिले चाहिँ साेचेर नै गर्छ
मनको कुरा कसले पाे थाहा पाउँछ र !
आखिरमा छैन यसको कुनै भर
यही कुरा सत्य पनि हाेइन र !