Logo

Student Corner

१५० शब्द र एक खाली पाना : मौलिक लेख 

Written by: Aryan Thagunna - 2022003, Grade X

Posted on: 10 September, 2020

लकडाउनको समयमा सृजनात्मक लेखनका लागि मेरा शिक्षकले मलाई मौलिक लेख लेख्नका लागि प्रोत्साहन गर्नुभयो। सो लेख १५० शब्दभन्दा बढीको हुनुपर्ने कुरा पनि बताउनुभयो।  मेरा शिक्षकहरुले मलाई साह्रै  नै सजिलो कार्य पूरा  गर्न दिनुभएको थियो । 

सिर्जनात्मक लेखन झट्ट सुन्दा सहजै लागे पनि विधि  र प्रक्रिया पुराउन भने सुने  जति सजिलो र भने जति  सजिलो अवश्य हुँदैन पनि । कार्य हेर्दा सजिलो लाग्छ। लेख लेख्नु धेरै ठूलो कुरो हैन। हो, यो कुरा म मान्छु। तर मूल र चाखलाग्दो केही  लेख्नु कठिन काम हुन सक्छ। लेख्नु मात्रै हैन जुन कार्य भए पनि शून्यबाट त्यसलाई राम्रो बनाउन जताततै गाह्रो हुन्छ। नयाँ चित्र बनाउनेदेखि नया गीत लेख्न होस् वा नयाँ नृत्य सिर्जना गर्नदेखि नयाँ उपन्यास लेख्न होस्, मूल कार्यको यात्रा कठिन हुन्छ।

पाठकले रुचाउने लेख लेख्ने उद्देश्य लिएर म अघि आधा घण्टासम्म त्यो खाली पाना अगाडि बसिराखेँ । विषयवस्तु प्रशस्त भए पनि मेरो खाली दिमागले तुरुन्तै कुनै विषयवस्तुलाई मस्तिष्कमा तत्काल कैद गर्न सकेन । अझ भनौँ  दुर्भाग्यवश मैले कुनै विचार पाइन। तर त्यो आधा घन्टामा म जति चोटी त्यो खाली पाना हेर्थे मलाई असहज महसुस हुन थाल्यो। त्यो पाना किन खाली छ भन्ने कुराले मलाई झन् असहज बनायाे । कारण के भने उचित शब्दहरूले यसलाई भर्न सक्षम नहुने डर। सोच्दा अचम्म लाग्न सक्छ। खाली पाना देखेर पनि कोही डराउँछ ? यसको विपरीत जसले लिपिबद्ध गर्न सक्दैन त्यसका लागि यो वास्तविक फोबिया नै हो। खाली पानाको डरलाई भाकानसोपापुरोसोफोबिया भनिन्छ। सरल शब्दमा भन्दा यसको कारण एक मात्रै छ। खाली पृष्ठले यति धेरै डर र चिन्ता निम्त्याउँदछ किनकि यो अनन्त देखिन्छ। यो विशाल, खुला, र अन्तहीन र अर्थहीन पनि छ। यही अर्थहीन पनलाई अर्थले भर्नु लेखक को काम हो। यही कुराले हामीलाई भित्रैबाट खान्छ। मौलिक लेख लेख्ने लेखकलाई भाकानसोपापुरोसोफोबिया भन्दा ठूलो कठिनाई केही हुन सक्दैन।  

  तसर्थ माैलिक लेखले लेखकलाई पाठकसामु प्रस्तुत गर्दा लेखकका अन्तरनिहित तथा वैयक्तिक अनि निजात्मक अनुभूति साट्ने काम गर्छन् ।