Written by: Suravi Nirula - 24083, Grade XII
Posted on: 18 December, 2023
बत्तीको उज्यालो
कोठामा फैलिएको
तर मेरो मन खै किन ओइलाएको ?
उता हेर्छु सुख देख्छु
येता हेर्छु निराशाले भरिएको जीवन देख्छु ।
डाडा पारि सफलता छ भन्छन्
तर त्यहाँ पुगेपछि
खै किन एकै त रहेछ जस्तो लग्यो ।
फूललाई हेर्छु
रङ्गीचङ्गी देख्छु
अनि सोच्छु आफैसित
ऊ किन हरपल खुसी देखिन्छ ?
ऊ भन्छ मेरो खुसी सूर्यको चमक हो
बारीलाई फूलबारीमा परिणत गर्नु हो !
उसको उत्तरले मलाई एकक्षण पार्यो चकमन्न
अनि म पनि हेर्न थालेँ
“मेरा प्रतिभा खै के छ नि ?” भनेर
कोठामा मैले बत्ती हेरेँ
अरुको सुख हेरिन,
मैले त्यो बत्तीको छाया हेरेँ
मनिसको जीवनको दु:ख देखेँ
अनि भित्री आनन्द ?
त्यो आफैमा खोज्न थलेँ ।