Logo

Student Corner

मेरो विद्यालय

Written by: Darpan Bhagat - 34045, Grade II

Posted on: 18 December, 2023

मेरो विद्यालयको नाम सिफल स्कुल हो । मेरो विद्यालय धेरै सुन्दर र सफा छ । मेरो विद्यालयमा कक्षा १ देखि कक्षा १२ सम्म पढाइ हुन्छ । मेरो कक्षामा पङ्खाहरू पनि छन् । मेरो विद्यालयमा बालबालिकालाई धेरै राम्रो शिक्षा दिइन्छ । मेरो कक्षा शिक्षकले सबै बालबालिकालाई मायालु व्यवहार गर्नुहुन्छ र हरेक दिन राम्रा कुराहरू सिकाउनुहुन्छ । मेरो कक्षाकोठामा २३ जना विद्यार्थीहरू छन् । मेरो विद्यालयमा धेरै कक्षाकोठाहरू छन् । यहाँ कक्षाकोठा, पुस्तकालय, कम्प्युटर कोठा र प्रयोगशालाहरू आदि छन् । मेरो विद्यालयकाे पढाइ बिहान ९ बजेदेखि सुरु भएर ३ः४५ मा समाप्त हुन्छ । मलाई मेराे विद्यालय मन पर्छ ।