Logo

Student Corner

आमा

Written by: Divij Chand - 33038, Grade III

Posted on: 15 December, 2023

आमाले हामीलाई जन्म दिनुहुन्छ । आमाले यो संसार देखाउनुहुन्छ । आमा धर्ती जस्तै सहनशील हुनुहुन्छ र आमा प्रकृति जस्तै उदार एक महान व्यक्ति हुनुहुन्छ । आमा हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति पनि हुनुहुन्छ । उहाँले नौ महिना कोखमा राखेर अनेकौ दुःखकष्ट, पीडा सहेर हामीलाई जन्म दिनुहुन्छ । आमाले हामीलाई अत्यन्त प्रेमपूर्वक लालनपालन गरेर हुर्काउनुहुन्छ । आमाले हाम्रो मनको सबै कुरा बुझ्नुहुन्छ । आमाले हामीलाई सही के हो ? गलत हो ? भनेर सम्झाउनु हुन्छ । आमाले हाम्रो सही बाटो देखाउनुहुन्छ । आमाले हामीलाई ज्ञानी, गुणी र बुद्धिमान बनाएर जीवनमा अघि बढ्न हौसला प्रदान गर्नुहुन्छ ।