Logo

Student Corner

इन्द्रजात्रा

Written by: Swopnil Amir Kansakar - 33046, Grade III

Posted on: 13 December, 2023

इन्द्रजात्रा काठमाडौँ उपत्यकामा मनाइने जात्रा हो । याे आठ दिनसम्म मनाइन्छ । यो जात्रा विशेषगरी नेवार जातिले मनाउँछन् । इन्द्रजात्रामा इन्द्र स्वर्गबाट पारिजातकाे फूल टिप्नलाई आएका र मानिसहरूले समातेर भगवानलाई सहर घुमाउँछन् । इन्द्रलाई बाँधेर राख्छन् र जात्रा गर्दछन् । उनकी आमाले छुटाएर स्वर्ग लगेकाे र पछि बालीनाली राम्राे भएर इन्द्रकाे पूजा गरेकाे भन्ने किंवदन्ती पनि छ । यसरी इन्द्रजात्राकाे सुरूवात भएकाे मान्यता छ । इन्द्रजात्रासँग चतुर्दशीका दिनमा कुमारीको यात्रा निकालिन्छ र कुमारीको पनि पूजा गरिन्छ । यसै गरी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ । कुमारीले हाँसेमा, राेएमा र भूमिमा टेकेमा नराम्रो अनिष्ट हुन्छ भन्ने चलनचल्ती पनि छ । लाखे नाच पनि देखाइन्छ । वसन्तपुरमा यस दिनमा ठुलो मेला चल्छ । समयबजी खाइन्छ र रथ पनि तानिन्छ । पारिजातको फूललेपूजा गरिन्छ ।