Logo

Student Corner

रमाइलो पर्व तिज

Written by: Yunisha Pathak - 30043, Grade VI

Posted on: 12 December, 2023

हाम्रो देश नेपालमा धेरै चाडपर्व मनाइन्छ । तीमध्ये तिज पनि महत्त्वपूर्ण पर्व हो । खासगरी तिज दिदीबहिनीहरूको विशेष पर्व हो  किनभने यो पर्व महिला दिदीबहिनीहरूले रमाइ‌लो तरिकाले मनाउँछन् । उनीहरूले तिजको दिन आफूले चाहेकाे कुरा प्राप्त हाेस् भनी वर्त बस्छन् । भगवान् शिवकाे पूजा गर्छन् । रातो साडी र रातै चुरा लगाई दिनभरि नाचगान गर्छन् । उनीहरूको अनुहारमा खुसी देख्न पाइन्छ । तिजको अघिल्लाे दिन दर खाने चलन रहेकाे छ । तिजको दिनमा गाउँभरिका सबै मानिसहरू जम्मा भएर दुःख पीडालाई भुलेर तिजका गीत गाउने र नाच्ने गर्छन् । तिजमा विवाहित चेलीहरू माइत जाने चलन रहेकाे छ । म पनि मेरी आमासँग मामाघर जान्छु । मेरी आमा र हजुरआमा  दु:ख सुखका कुरा गरेर बस्नुहुन्छ । म पनि मामासँग खेल्छु । मलाई त  तिज, दसैँ र तिहार जस्तै रमाइलो पर्व लाग्छ । दसैँ र तिहारमा पनि आफन्तहरूसँग भेट हुन्छ, तिजमा पनि हुन्छ । हामीले हाम्रो संस्कृतिलाई बचाउनुपर्छ ।