Logo

Student Corner

दशमीको दिन

Written by: Kabya Oli - 29014, Grade VII

Posted on: 11 December, 2023

दसैँ नेपालको महत्त्वपूर्ण पर्व हो । यस पर्वले  हाम्रो परिवारको एकतालाई मजबुत बनाउँछ र हाम्रो संस्कृति, धर्म, र परम्परामा महत्त्वपूर्ण योगदान पनि गर्दछ। यस पर्वमा हाम्रो परिवारको महत्त्व पनि प्रकट हुँदैछ र हाम्रा साथीहरूको समय बिताउँने अवसर प्राप्त हुन्छ । दसैँमा गरिएका कामकाजले पनि समृद्धिमा महत्वपूर्ण भूमिका खेल्दछन् ।  खाना, परिवारको आपसी सम्मान र आरोग्य पनि महत्त्वपूर्ण छ। यस पर्वमा गरिएका पशुहरूले पनि प्राकृतिक संरक्षणमा मद्दत पुर्याउँछन् र खेती-कृषिमा महत्त्वपूर्ण योगदान पनि गर्दछन् । 


 

दशमीको दिनले मेरो जीवनमा एक विशेष महत्त्वपूर्ण क्षण बनायो। दसैँको दसौँ दिनको अद्भूत बिहानमा मेरो दिल आनन्दित थियो। हिजोको दिन महानवमीको अस्ति आजै मरेको थिएन तर त्यही पनि म त्यो दिन सबैले अत्यन्त उत्सुकतासँग उठेको थिएँ ।  बिहान पाँच  छ बजेको थियो। म आफ्नो नृत्य कार्य गरे अथवा नुवाइधुवाइ गरेँ। त्यति गरेर म भगवानलाई ढोगेर पढ्न बसेँ । आमा र हजुरआमा नै खाना पकाउँदा लेपूजा पाठ गर्नुभयाे ।  हाम्रो खानाखान लागेको अगाडि, मेरी ठुली फुपू र सानी हजुरआमा आउनुभयाे । दसैँमा यस्तै गरी नै आफन्तहरू आउँछन्, जसले आपसी सद्भाव र रमणीयता प्रदान गर्दछ । 

हाम्रो घरमा, दसैँको लागि आफ्ना आफन्तहरू पनि आए। हाम्रो परिवारले विशेष गरी दसैँ मनाउँदा रमाइलाेसाथ मनायाे । खाना खाएपछि, म हाम्रो छिमेकीको घरमा गएँ, टिकी लगाएँ। तब पछि, म आफ्नो घरमा फर्केँ। सबैले दसैँको लागि एकअर्कालाई सहयोग  गरेका थिए । मेरा आमा, बुबा, हजुरआमा, हजुरबुबा ठुली फुपू र सानी हजुरआमा सबैले मलाई टीका लगाइदिए । पछि हाम्रो घरमा थुप्रै आफन्तहरू आएका थिए,  धेरै जसाे त मैले चिन्नै सकेकी थिइन । मैले सबैलाई नमस्ते गरेँ अनि अलिपछि भाइ, बुबा र म पिङ खेल्न गयाैँ ।भाइ र म पिङ खेलेपछि मामाघरतिर जाने योजना बनायौँ । 



 

हामी मामाघर जानुअगाडि जुजुहजुरआमाका घर पुग्याैँ । जुजुहजुरआमाले टीका लगाउँनु भएको थिएन तर उहाँले टीका लगाइदिनुभयो । जिजुहजुरआमा हामीलाई देखेर धेरै खुसी हुन्नुहुन्थ्याे  । त्यसपछि म मामाघर गएँ । मामाघरमा माइजू, मामा, हजुरबुबा, हजुरआमाले मलाई टीका लगाइदिनुभयो । मेरो अर्को भाइ विनम्र ल्यापटप हेरिरहेको रहेछ । म पनि विनम्रसँग हेरेँ । हामी दुवै २-३ मिनटमा चाहिँ आउनु नै पर्‍यो ; हामी खाजा खायौँ । विनम्र र म ल्यापटपमा कुइज पनि खेल्याैँ , त्यसमा मले  जितेँ । यसपालिको दसैँ धेरै राम्रो भयो ।