Logo

Student Corner

दसैँ

Written by: Ananya Sri Aryal - 33042, Grade III

Posted on: 11 December, 2023

 दसैँ नेपालीहरूको ठुलो चाड हो । दसैँमा नाै दिनसम्म घरघरमा जमरा राखिन्छ र दुर्गा भवानीको पूजा गरिन्छ । दशमीको दिनमा दुर्गाको प्रसादको रूपमा टीका र जमरा लगाइन्छ । ठुलाले सानालाई टीका लगाउने चलन छ । मैले पनि बाबा, ममी, हजुरबुबा र हजुरआमाको हातबाट टीका लगाएँ । दसैँमा टीका लगाएर सातहजार रुपियाँ कमाएँ । त्यो पैसा मैले खुत्रुकेमा राखेकी छु । दसैँमा जमरा पनि लगाउने चलन छ । हामीले घरमा जमरा राखेका थियौँ । दसैँमा धेरै ठाउँमा हामी टीका लगाउन गयौँ । दसैँकाे छुट्टीमा हामी सबैजना एक हप्ताका लागि बैंकक घुम्न गएका थियौँ । त्यहाँ धेरै कपडाहरू किन्यौँ र हामी धेरै घुमेर रमाइलो पनि गर्यौँ । दसैँ धेरै रमाइलो हुँदो रहेछ । मैले दसैँमा पिङ पनि खेल्न पाएँ । चङ्गा उडाएको पनि हेरेँ ।