Logo

Student Corner

बगैँचा

Written by: Eshanee Manandhar - 28004, Grade VIII

Posted on: 08 December, 2023

रङ्गीचङ्गी फूलहरू, सफा निलो आकाश 

ठुला ठुला घासहरू, साना हरिया पात 

वरिपरि पुतली छन्, एता उता उडी 

तलतिर नदी बग्दै , ढुङ्गालाई बगाई ।।१ ।।


 

मानिसहरू जान्छन् त्यहाँ, रमाइलो गर्न 

केही जान्छन् फूल हेर्न , केही फोटो खिच्न 

बगैँचा मन्त्रमुग्ध छ, मोहित पार्छ सबलाई 

सब मोहित हुँदै हुँदै, आउँछन् मन लाेभ्याई ।।२ ।।


 

बगैँचा जानेबित्तिकै, मन भयो फरर 

बगैँचाको दृश्य देख्दै, मन रोक्छ काम्न 

चराचरीको मिठो धुन , कानलाई आनन्द 

बगैँचामा आएपछि, नकारात्मक बन्द ।।३ ।।


 

बगैँचाले बनाए सबैलाई खुसी 

सबैको मन दुखी होइन, एकदमै सुखी 

एकदमै आकर्षित त्यो,  सुन्दर बगैँचा 

सबैलाई मन्त्रमुग्ध,पार्ने बगैँचा ।।४ ।।