Logo

Student Corner

मेरो जीवनको लक्ष्य

Written by: Eva Ghimire - 30072, Grade VI

Posted on: 08 December, 2023

मानिस यो सृष्टिको बुद्धिमान् र सर्वश्रेष्ठ प्राणी मानिन्छ । मानिस भएर जन्म लिएपछि आफ्नो जीवनको एउटा लक्ष्य तय गरेर त्यो लक्ष्य प्राप्त गर्न प्रयास गर्दै अगाडि बढ्नु पर्दछ । लक्ष्य विनाको मान्छेले जीवनमा  प्रगति गर्न सक्दैन । म अहिले सानै भएकोले मेरो जीवनकाे लक्ष्य किटान गरिसकेकी छैन  तर पनि म  असल व्यक्ति बनेर आफ्नो परिवार, समाज र देशको सेवा गर्न चाहन्छु । उदाहरणका लागि मलाई इन्जिनियर बनेर देश विकासमा  सघाउन मन लाग्छ । त्यस्तै चित्रकला  र सङ्गीत सिकेर त्यसमै रमाउन  मन लाग्छ । मेरो पढाइ अघि बढाउँदै जाँदा जुन विषय र क्षेत्र‌मा आफू निपुण हुन्छु  । त्यही क्षेत्रको पेसा र व्यवसाय गरेर समाज र देशको उन्नति हुने काम गर्छु ।