Logo

Student Corner

आँप

Written by: Risimi Mewahang - 33017, Grade III

Posted on: 07 December, 2023

आँप  एउटा रसिलो, गुलियो र मिठो फल हो । आँपलाई फलफूलहरूको राजा पनि भनिन्छ । आँपबाट हामीले भिटामिन ‘ए’ पाउँछौँ । आँप  उत्पादनकाे लागि तातो हावा पानी वा सुख्खा मौसम चाहिन्छ । आँपको बिरुवा वैशाख जेठ महिनामा रोपिन्छ । आँपको बिरुवा रोप्नु अगाडि जमिन राम्रोसँग जोत्नुपर्छ र समथर बनाउनुपर्छ अनि ५ मिटरको दुरी राखेर खाडल खनी माटो र मल मिलाएर बिरुवा रोप्नुपर्छ । रोपेको बिरुवालाई हप्ताको एकपटक पानी हालेर गोडमेल गरिराख्नुपर्छ । झारपात उम्रिन दिनुहुन्न र वर्षको तीनपटक रासायनिक मल पनि हाल्नुपर्छ । यसरी रोपेको आँपको बिरुवा बिस्तारै ठुलाे भएपछि आँप फलेर खानका लागि तयार हुन्छ ।