Written by: Luniva Shrestha - 28006, Grade VIII
Posted on: 06 December, 2023
साना साना रुखमा हेर
ठुला ठुला थुँगा झन्
रङ्गीचङ्गी पतुली हेर
साँझ सबेर रमाउँछन्
छाया दिन्छु घाम दिन्न
माया ममता भरि भरि
वरिपरि हेर बगैँचामा हेर
हुन्न म त्यहीँ सधैँभरि
बालापनमा साथी मान
वृद्धपनमा लठ्ठी हेर
टिपे मेरा कोपिला बच्चा
माया दिन्न हेरी राख
हाँगा भाँचिन्छ घाँटी बटारिन्छ
मन बहलाउँछ
सोच्छु म त दिन रात
आएर कोही दिन्छ राहत