Logo

Student Corner

कुलमान घिसिङ

Written by: Bishrant Sitaula - 32006, Grade IV

Posted on: 30 November, 2023

कुलमान घिसिङ विशेष व्यक्तित्व भएका मानिस हुन् । उनी हामी नेपालीहरूका लागि विशेष हुन् किनकि उनले नेपालको ठुलो लोडसेडिङ अन्त्य गरेका छन् । उनी विद्युत  प्राधिकरणमा कार्यकारी निर्देशक हुनुभन्दा अगाडि नेपालमा दिनमा १८ घण्टासम्म पनि लोडसेडिङ हुन्थ्याे । त्यतिबेला नेपालीहरूलाई धेरै गाह्राे थियाे । विद्यार्थीहरूले भनेकाे समयमा पढ्न पाउदैनथे । कलकारखाना चल्न पाउँदैनथ्याे । नेपालीहरूका दैनिक जीवन निकै जटिल थियाे । उनी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदमा नियुक्त भएपछि २०७३ चैतदेखि लोडसेडिङ अन्त्य गरे । त्यतिमात्र होइन उनले सबैभन्दा बढी नाफा कमाउने कार्यालय बनाए । उनको जन्म रामेछापको गाउँमा भएको थियो । उनले गाउँमा नै कक्षा ५ सम्म पढे । त्यसपछि उनी काठमाडौँमा आएर पढे । उनी कक्षामा सधैँ प्रथम हुन्थे । उनले आफ्नो पढाइ सकेपछि इन्जिनियरको जागिर खाए । उनले कामका साथै पढाइलाई पनि एकसाथ लगे । यसरी उनी प्राधिकरणको कार्यकारी निर्देशक भए । उनले सारा नेपालीलाई उज्यालो दिए । अझै पनि उनी यसमा नै काम गर्दैछन् ।