Logo

Student Corner

मिथिलाः नेपाल चिनाउने संस्कृति

Written by: Binit Kayastha - 25075, Grade XI

Posted on: 29 November, 2023

नेपाल संस्कृतिामा धनी देश हो, जहाँ विभिन्न जातजातिका मानिसहरू बस्छन् । जसमध्ये मलाई मन पर्ने संस्कृति मेरो संस्कृति मैथिली हो । हरेक जातजातिका  आफ्नै संस्कृति हुन्छन् र तिनका विभिन्न विषेशता हुन्छन् त्यसैगरी मैथिली संस्कृतिको पनि आफ्ना थुप्रै विशेषताहरू  छन्।

मैथिल संस्कृति नेपालको तराई क्षेत्रमा मनाउने संस्कृति हो । राजा जनकको कर्मभूमि र उनको राज्यको नाम मिथिला हाे,  जहा माता जानकीको/ सिताको जन्म भयो। जहाँ प्रभु रामचन्द्र र सिता माताको शुभ विवाह भएको थियो। 

जुन ठाउँलाई अहिले जनकपुर भनेर चिनिन्छ । जनकपुर जुन अहिले मधेस प्रदेशको राजधानी भनेर चिनिन्छ तर मेरो विचारमा यो प्रदेशको नाम मिथिला हुनुपर्छ । 

मिथिला भन्ने बित्तिकै जनकपुर मात्र नभई पूरै तराई क्षेत्रलाई नै बुझिन्छ। मिथिलाको प्रमुख भाषा मैथिली हो । यहाँ भाेजपुरी, अवधि, भजिका अनि थुप्रै भाषाहरू  बोलिन्छन् । मैथिली भाषाको उत्पत्ति कर्ण कायस्थ भन्ने जाति वा समुदायबाट भएको हो । 

उसले दसौं शताब्दी पूर्व कायस्थ जातिको रुपमा स्वीकृति पाएका थिए। कर्ण स्पष्टतः लेखकहरूका समूहमा परिचित नाम थियो ।

कायस्थहरू चित्रगुप्तलाई आफ्नो प्रथम पुरुष (ईष्ट देव, कुल पुरुष) मान्छन् । ब्रह्माको कायाबाट चित्रगुप्तको उत्पत्ति भएकोले उनलाई कायस्थ भनिएको तथा उनै चित्रगुप्तका बाह्र भाइ छोराहरूबाट कायस्थको बिस्तार भएको भन्ने पौराणिक कथाहरू प्रचलित छन् ।


 

मिथिलामा कर्णाट वंशको स्थापना सन् १०९७ मा नान्यदेवले गरे । जुन वंशको शासन मिथिलामा २२७ सालसम्म चल्यो । यसकालमा साहित्य, कला-सङ्गीत र मैथिली भाषाको क्षेत्रमा निकै प्रगति भएकाे इतिहासबाट थाहा पाइन्छ । यसकालमा स्मृति, नित्यकर्म, विवाह, धर्म चर्चा, स्वयम्वर, विभिन्न वर्णको कर्तव्यमाथि ग्रन्थको रचना गरिनुका साथै समाजमा सङ्गीत, नृत्य आदिको प्रचार भयो ।

मिथिला गीत-सङ्गीतको क्षेत्रमा पनि कायस्थहरूको उल्लेखनीय योगदान रहेको छ । मानव जातिकाे भावभिव्यत्तिको पहिलो साधन सङ्गीत हुन्छ। संसारका सबैभन्दा बढी सांस्कारिक विधिहरू सम्भवतः मिथिलामा नै पाइन्छ र प्रत्येक विधिका लागि गीत त्यसका राग सुनिश्चित छन् । यस अर्थमा मैथिली लोकसाहित्य सांस्कृतिक मिथिलाको अमूल्य निधि हो । 

तिरहुत गीत मैथिली लोकगीतमध्ये सबैभन्दा समृद्ध छ । यसमा प्रेम सम्बन्धी गीतको प्रधाननता हुन्छ । यसमा विरह एवं संयोग दुवैको वर्णन भेटिन्छ । 

यसैगरी मिथिलाका महाकवि  विद्यापतिले मैथिली कविता अनि धेरै मैथिली  गीतहरू लेखेका हुन् । पौराणिक मान्यताअनुरूप विद्यापतिकाे गीतबाट प्रेरित भएर महादेव उनको सामु नोकरकाे रूपमा गहना बनेर आएका थिए।  पछि उहाँ गएपछि कविले गीत गाएका थिए । “उगना रे तु कत हरेल ।”

मिथिलाको पारस्परिक चित्रहरू जुन पुरै विश्वमा मिथिला पेन्टिङ्ग भनेर प्रख्यात मानिन्छन् । जस्तै: कोबर, नैनाजोगीनजस्ता अनेकौँ प्रकारका चित्रहरू छन् । मिथिला  चित्रहरू खासगरी बाँसको कलमले कपडामा बनाउने गरिन्छ। यसले मिथिला बासिन्दाको जीवनयापन, संस्कार, परम्परालाई उजागर गर्दछन् ।

मिथिला पर्वहरू पनि अत्यन्तै प्रख्यात छन् जस्तै: छठ, मधुश्रावणी, वर्षाइत जस्ता अनेकौँ  छन्। मिथिलाको विवाह खास गरी कर्ण कायस्थको विवाह सबैभन्दा रमाइलो अनि विधि अनृकौँ ठूलो हुन्छन् । 

मिथिलाको संस्कृतिक लुगा धोती कुर्ता अनि पाग पुरुषको अनि महिलाको सारी हो। जुन लुगा लगाएर हामी मिथिला बासीको सान बढ्छ । जुन लुगा लगाएर मिथिला बासीको विवाह हुन्छ। “धोती कुर्ता पाग सारी आरो मौर जे मिथिला बासीके सान छै ।” मिथिला बासीको विवाह खासगरी  कर्ण कायस्थको एक दिन  नभई  धेरै दिन लागेर विधिविधानका साथै हुने गर्दछ । यसैगरी महिलाहरू विभिन्न किसिमका गहनाहरू  लगाउने गर्दछन् जस्तैः टीका, नथिया, झुम्का, पायल, बिछीया आदि ।

मिथिलाको कुरा भयो अनि मिथिलाो खानाको कुरा भएन  मिथिला संस्कृति अधुराे हुन जान्छ । दाल, भात, घिउ, बरी,कञ्चको तरकारी, साग, तरुवा खासगरी  तिल्कौरको तरूवा, फूलौरी, पाएर, अचार, दही विभिन्न थरीका मिठाईहरू जस्तैः खाजा, गाजा, खजुर, ठकुवा, पुलुकया आदि ।

सायद यिनै कुराहरूले हाेला  मिथिलालाई “स्वर्गस  सुन्दर गाम हमर मिथिला धाम” भनिएकाे ।

यसको जति कुरा गरे पनि  कम नै हुने छ। “हमर मिथिला धाम ।”