Logo

Student Corner

मलाई मन पर्ने खेल

Written by: Aayaan Rai - 31006, Grade V

Posted on: 29 November, 2023

मलाई मन पर्ने खेल फुटबल हो । फुटबल सबैभन्दा प्रसिद्ध खेल हो । यस खेलमा ११ जनाको दुई वटा समूह हुन्छ । जुन समूहले अर्को समूहभन्दा धेरै गोल हान्छ त्यो समूहले नै त्यो खेल जित्छ । यस खेलमा खेलाडीहरूका फरक फरक पोजिसनहरू हुन्छन् । जस्तैः मिडफिल्डर, स्ट्राईकर, डिफेन्डर, गोलकिपर, अट्याकर, राईट विन्ग, लेफ्ट विन्ग आदि । यस खेल युरोप, दक्षिण अमेरिका र अफ्रिकामा छ तर यसको प्रभाव उत्तर अमेरिका र एसियामा बढ्डै गएकाे छ । यो खेल २०० ‍‍‍देशहरूबाट २५० मिलियन जना मान्छेहरू खेल्छन् । यो खेल चीनबाट सुरु भएको थियो । यस खेलमा वर्ल्ड कप, च्याम्पियन्स लिग, प्रिमियर लिग, आदि जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्छन् । सबैभन्दा पहिलो वर्ल्ड कप १९३० उरुग्वेमा भएको थियो । त्यस वर्ल्ड कप उरुग्वेले नै जित्यो । वर्ल्ड कप आठ वटा देशहरूले मात्र जितेका छन् । ब्राजिलले ५ वटा, इटाली र जर्मनीले ४ वटा, अर्जेन्टिनाले ३ वटा, फ्रान्स र उरुग्वेले २ वटा र इङ्ल्यान्ड र स्पेनले १ एउटा वर्ल्ड कप जितेका छन् । मेस्सी, रोनाल्डो, नेमार जुनियर, आदि सबैभन्दा प्रसिद्ध खेलाडी हुन् ।