Logo

Student Corner

डियरवाक पोइट्री नाइट २०८० एक अविस्मरणीय पल

Written by: Pranish Khanal - 24080, Grade XII

Posted on: 28 November, 2023

हरेक वर्षजस्तै यस वर्ष पनि “डियरवाक पोइट्री नाइट” को कार्यक्रम आयोजना गरिएको थियो । यस कार्यक्रमको मुख्य उद्देश्य भनेको विद्यालयमा लुकेका कविहरूलाई उनीहरूकाे कला प्रस्फुटन गराउनु हाे । यस कार्यक्रममा विद्यालयका उत्कृष्टभन्दा उत्कृष्ट कवि विद्यार्थीहरू बिच प्रतिस्पर्धा हुने गर्छ । कार्यक्रमको आयोजना र कार्यान्वयन विद्यालयको अङ्ग्रेजी र नेपाली विभागले गरेको थियो । करिब ७० दिन लामो चलेको यो कार्यक्रममा चार चरणहरू थिए । 

डियरवाक पोइट्री नाइट २०८० मा कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूको सहभागिता थियो। प्रतियोगीताको पहिलो चरण सबै कक्षाकोठा मै भएको थियो । अङ्ग्रेजी र नेपाली विधा भनेर छुट्टिएको यो प्रतियोगीतामा हरेक कक्षाको अनिवार्य सहभागिता थियो। । अङ्ग्रेजी र नेपाली विषयका गुरुहरूले प्रत्येक कक्षाको आआफ्नो छनोट चरण गराउनुभएको थियो । लगभग १ हप्ता लामो चलेको पहिलो छनोट चरणपछि क्वाटर फाइनल चरण भयो । पुनः अङ्ग्रेजी र नेपाली भाषा शिक्षकवर्गले कक्षाबाटै थप उत्कृष्ट कवि विद्यार्थीहरूको छनोट गरेर सेमिफाइनल चरणमा लागेका थिए । 

म कक्षा १२ खुम्बिलाको छात्र हुँ र मेरो कक्षाबाट म  र मेरो एक मित्र सेमी फाइनल सम्मको यात्रा तय गर्न सफल भएका थियौँ । अब भने यात्रा कठिन हुने निश्चित थियो । अबको छनोट भने फाइनलको लागि हुने थियो । कक्षा १ देखि १२ सम्मका मित्रहरूसँग रारा हलमा छनोटको लागि प्रतिस्पर्धा हुने थियो । करिब ५-७ दिनको विरा पछि पहिलो घण्टीदेखि नै सेमी फाइनल रारा हलमा भयो । प्रतिस्पर्धामा आफूले सक्दो दिएपछि कक्षातिर फर्कँदै गर्दा मेरो मनमनै  आफ्नो छनोट तथा साथीभाईको छनोट सम्बन्धी कुराहरू पनि खेले । " जे होला होला " भन्दै म कक्षाकोठा फर्किऍं । 

करिब २ दिनपछि विद्यालयको नोटिस बोर्डमा फाइनालिस्टको नाम प्रकाशन भएछ। म हेर्न गएँ । विद्यालयका ३० उत्कृष्ट कविहरूबिच आफ्नो नाम देख्दा दङ्ग परेको म फाइनलमा वाचन गर्न अझ उत्साहित थिएँ । मेरै कक्षाका अङ्ग्रेजी र नेपालीमा अन्य साथीहरू पनि छनोट भएका रहेछन् । बदाइ साटासाट गर्दै तयारीमा जुटेका हामीलाई विद्यालयले प्रशिक्षक पनि तोकेको थियो । प्रशिक्षकको सहयोग लिँदै सबै साथीहरू तयारीमा जुट्याैँ। 

भाद्र १ गते, शुक्रवार पोइट्री नाइटको फाइनल थियो । 

अङ्ग्रेजीमा १६ र नेपालीम १६ प्रतिस्पर्धी भए तापनि मात्र ३० व्यक्ति फाइनलमा थिए । दुई कवि साथीहरू दुबै विधामा छनोट भएका थिए । 

अन्ततः डियरवाकले आफ्नो विद्यालयको पोइट्री नाइट विजेताको रूपमा अङ्ग्रेजी विधामा आर्य क्षेत्री पायो र नेपाली विधामा संविद ढकाल पायो ।