Logo

Student Corner

कुमारी पूजा

Written by: Akshita Bhattarai - 32039, Grade IV

Posted on: 28 November, 2023

हरेक वर्ष आउने एउटा ठुलो चाडपर्व दसैँ हो । दसैँकाे मलाई मन पर्ने दिन चाहिँ नवमीको दिन हो । किनकि त्यो दिनमा मेरो पूजा हुन्छ । यो दिनमा कुमारी अर्थात् किशोरी कन्याको पूजा गरिन्छ। कुमारी भनेकाे दुर्गा माताको स्वरुप हुन्। मलाई यो दिनमा कुमारी मानेर मेरी आमा र मेरा तीन जना हजुरआमाहरूले पूजा गर्नुहुन्छ। त्यत्ति मात्र होइन, मलाई पूजा गरेपछि उहाँहरूले नयाँ लुगा, दक्षिणा र अरु सामग्री उपहारमा दिनुहुन्छ। दिनभरि मैले मिठो मिठो खानेकुरा पाउँछु। यो दिनमा मलाई सबैले धेरै  मान गर्नुहुन्छ। मैले यो दिन गाली पनि खादिनँ । सबैले धेरै माया गर्नुहुन्छ । तर बिहान चाँडै उठ्नु परेर मलाई अल्छी लाग्छ। ठाउँ ठाउँमा जानु परेर मलाई थकाइ पनि लाग्छ। तर जे भएपनि आफूलाई देवीलाई जस्तै गरी जल, फूल, अक्षता, अबिर, केसरी, जौ, तिल सहित नैवेद्य वस्त्र चढाएर गरिने पूजाको अनुभव एकदमै रमाइलो र मेरा लागि अविरस्मणीय हुन्छ।