Logo

Student Corner

एसइई पछिको त्यो समय

Written by: Himanshu Gautam - 25034, Grade XI

Posted on: 27 November, 2023

एसइईपछि हामीले ३ महिना बिदा पाएका थियौँ । यसै बिचमा छुट्टीका लागि धेरै योजनाहरू थिए मसँग । हाम्रो परीक्षा ठ्याक्कै २०७९ चैत २६ मा सकियो । त्यसपछि त्यही दिन म साथीहरूसँग भक्तपुर दरबार स्क्वायर गएँ । हामी ४ जना थियौँ । हामीसँग जम्मा जम्मी ४ हजार ३ सय रुपैँया थियो । हामीले नेपालको इतिहासलाई चिनाउने विभिन्न मूर्तिहरू हेर्‍यौँ । खाजा पनि त्यहीँ खायौँ । त्यहाँ बोबा चिया पनि पियौँ । बोबा चियाको बुलबुला मेरो घाँटीमा अड्कियो । त्यसपछि मैले बोबा चिया कहिल्यै नपिउने निर्णय गरेँ । हामी घर पुग्दा अँध्यारो भइसकेको थियो । त्यसपछि आइसक्रिम खान भाटभटेनी पनि गयौँ । म घर पुग्दा ढिलो भएकोले मेरी आमाले मलाई गाली गर्नुभयो । हामीले धेरै रमाइलो गरेका थियौँ । एसइई पनि सकिएको त्यो दिन हाम्रा लागि अविस्मरणीय दिन बन्यो ।

भोलिपल्टदेखि म बुबाको काम हेर्न अफिस गएँ । वैशाख १८ गतेसम्म म निरन्तर रूपमा बाबाको अफिस गएँ । हाम्रो २० गते मुक्तिनाथ जाने योजना थियो । त्यसैले म १९ गते चाहिँ सामनहरू  किन्न ममीसँग बजार गएँ । 

२० गते बिहान हाम्रो परिवार र छिमेकीको परिवार एउटै स्कोरपियोमा मुक्तिनाथ दर्शनतिर लाग्यौँ । यो यात्रा ५ दिन ४ रातको थियो । हाम्रो पहिलो दिनको बास गलेश्वर मन्दिर क्षेत्रमा थियो । 

हामी बेलुका ६ बाजेतिर त्यहाँ पुगेका थियाैँ । भोलि बिहानै हामीले गलेश्वर मन्दिरको दर्शन गरेर तातो पानीमा नुहाउन गयौँ । त्यहाँ  नुहाएपछि हामी सिधै कागबेनीमा पुगेर हजुरबुवाको श्राद्धमा सहभागी भयौँ । श्राद्ध सकिँदा त्यस्तै साँझको ५ बजेको थियो । हावा धेरै चलेको कारणले गर्दा श्राद्ध गर्न गाह्राे भइरहेको थियो । तर श्राद्ध चाँडै सकियो अनि हामी त्यहाँबाट हिड्यौँ ।

हामी त्यही रात बेलुका ७ बजे मुक्तिनाथ मन्दिरको नजिककै रहेको होटलमा बस्यौँ । हामी सबै थकित थियौँ । मन्दिर त्यति नजिक भए पनि हामीले एक दिन प्रतिक्षा गरेर भोलिपल्ट जाने निधो गर्‍यौँ । 

भोलिपल्ट बिहानै हामी मन्दिर दर्शनतिर लाग्यौँ । त्यहाँ होटल बाहिर धेरै नै चिसो थियो । तर, कोठामा न्यानो थियो । होटेलबाट करिब ७ मिनेट  हिँडेर हामी मुक्तिनाथको भर्‍याङमा पुग्यौँ । भर्‍याङबाट हिडेर जान गाह्राे हुने भएकाले आमालाई घोडामा चढाएर मन्दिरको गेटसम्म लगियो । हामी सबैजना हिँड्दै गयौँ । मलाई पनि अग्लो भूभागमा जाँदा गाह्राे हुन्छ, किनकि मेरो मुटुको उपचार गरिएको थियो । तर, मैले कसैलाई भनिन । हामीले मन्दिरमा गएर दर्शन गयौँ । लाखबत्ती पनि बाल्यौँ । तल झर्नी बेलामा मलाई अत्यन्तै गाह्राे भयो, त्यसैले म र काका चाँडो चाँडो झर्‍याैँ ।

त्यहाँबाट हामी होटल गयौं । एकछिन सुतेर आराम गरेपछि मलाई ठिक भयो । त्यहीँ दिन दिउँसो मलाई, भाइलाई र हजुर आमालाई कागबेनी छाडेर अरु सबै जना माथिल्लो मुस्ताङ जानुभयो । एक दिनको लागि हामी तीन जना होटल ड्रागनमा बस्यौँ । अर्को दिन दिउँसो १ बजेतिर माथिल्लो मुस्ताङबाट ममी र बाबा आउनुभयो । त्यहाँबाट हामी पोखराको बाटो लाग्यौँ । हामी पोखरा पुग्दा साँझ भईसकेको थियो । त्यो रात हामीले पोखरामै बितायौँ । भोलिपल्ट बिहानै हामी फेवा ताल घुम्न गयौँ । फेवाताल घुमेपछि हामी होटल आएर खाजा खायौँ र घर फर्कियौं ।

हामी घर  जाँदै गर्दा बिचमा गाडी बिग्रीयो । हामी बिहान पोखराबाट हिडेको ८ बजे पग्नु पर्ने थियो २ बजे तर गाडी बिग्रेर र धेरै जाम भएको करणले गर्दा हामी बेलुका ९ बजे घर आई पुग्यौँ । यसरी यो ठूलो यात्रा पनि राम्रोसँग सफल भयो ।

त्यसपछि म आफ्नो पढाइलाई निरन्तरता दिन इन्टेल संस्था गएँ । करिब एक महिना त्यही पढेँ पनि । त्यहाँ पढेर मैले धरै ज्ञान प्राप्त गरेँ । त्यहाँ एक महिना पढेपछि मेरो प्यारो साथीको ब्रतबन्धको लागि म र मेरो परिवार झापा गयौँ ।

झापा जाने बाटोमा मेरो गाउँ निजगढ पर्छ । झापा जाने बहानामा मेरो नागरिकता पनि बनाइयो । नागरिकता बनाएको दिन हामी सबै मेरो मामा घरमा बस्यौँ । भोलिको दिन बिहानै हामी झापातिर लाग्यौँ । त्यो दिन हामी झापामा गएर ग्रीन रिसोर्टमा बस्यौँ । त्यहाँ धेरै गर्मी थियो । हाम्रो रिसोर्टमा पौडी खेल्ने ठाउँ पनि थियो । त्यहाँ गएर हामी पौडी पनि खेल्यौँ । अर्को दिन हामी ब्रतबन्धको काममा व्यस्थ भयौँ । व्रतबन्धमा निकै रमाइलो भयो । त्यो दिन धेरै काम गरेकाले हामी थकित थियौँ र गर्मीले गर्दा पकिरहेका पनि थियौँ । त्यसैले हामी काम सकिने बितिक्कै सुत्न गयौँ । भोलिपल्ट हामी कन्याम र चियाबारी घुमेर सिन्धुली–बनेपा बाटो हुँदै घर आयौँ ।

यो यात्रा सकेपछि मेरो बिदा पनि सकिन आँटेको थियो र म डिएरवाकमा पढ्ने कुरा पहिल्यै नै निधो भइसकेको थियो । म सात कक्षामा पढ्ने बेलामा नै एसइईपछि त्यहाँ पढ्ने भनेअनुसार मेरो डिएरवाकमा भर्ना भयो । यसरी मेरो तीन महिनाको बिदा सकियो ।