Logo

Student Corner

विद्यालयकाे रमाइलाे पल

Written by: Sauravi Thapa - 29030, Grade VII

Posted on: 27 November, 2023

२०८०।७।२३ गते विहिवार

बिहानपख  मोबाइलको घन्टी बजेपछि मेरो  आँखा खुल्यो । त्यसपछि मोबाइल हेर्दा बिहानको ६:०० बजेको रहेछ । त्यसपछि मैले आफ्नो खाट मिलाएँ । खाट मिलाएपछि मैले नित्यकर्म गरेँ । नित्यकर्म गरे पछि मैले आफ्नो लुगा लगाएँ । र विद्यालय जानको लागि तयार भएँ । मैले आफ्नाे कपाल कोरेँ । कपाल मिलाएपछि मैले के छुटेको त छैन भनेर समान हेरे अनि आफ्नो विद्यालयको गाडी आउने ठाउँमा गएँ । त्यसपछि विद्यालयको  गाडीमा चढेर विद्यालय आएँ । विद्यालय आएर हामीले एउटा कक्ष पढ्यौ ।  त्यसपछि हामी खेल खेल्नका लागि भनेर विद्यालयको गाडीमा चढेर खेल खेल्ने ठाउमा गयाैँ । त्यता हामीले धेरै समयको लागि खेल ख्रल्याैँ । हामीले धेरै गोल पनि हान्यौँ । धेरै रमाइलो भएको थियो तर भोक पनि लागेको थियो । त्यसपछि खाना खान हामी विद्यालय आयौँ। खाना खान लाग्दा त १:३० भैसकेको रहेछ ।  हामीले बास्केट बल खेल्न भनेर फेरि विद्यालयको गाडीमा चढेर खेल खेल्न गयाैँ रमाइलो नै थियो धेरै बेर खेल खेले सकेपछि हामीले खाजा पनि खायौँ ।त्यसपछि फेरि खेल खेल्यौँ अनि खेल खेलिसकेपछि फेरि विद्यालय आयौँ । अनि विद्यालयको गाडीमा चढेर घर आएँ । अनि लुगा फेरे र खाजा खाए अनि एकछिन आराम गरेँ । 

२०८०।७।२४ गते शुक्रवार

 शरीरकाे दुखाइ भएपनि खेल खेल्ने उत्साह मनमा बाेकेर म बिहानकाे ६ बजे उठेँ । अनि मैले मेरो खाट मिलाएँ । मैले मेरो नित्यकर्म गरेँ । नित्यकर्म गरेपछि मैले आफ्नो लुगा फेरेँ । १ गिलास तातो पानी पिएँ । त्यसपछि मैले मेरो लुगा फेरेँ । लुगा फेरिसकेपछि मैले मेरो कपाल पनि कोरेँ । कपाल कोरेपछि मैले त्यो दिनको सुरुको कक्षाको कापी हालेँ अनि मेरो झोला मिलाएँ । मैले जुत्ता लगाएँ र विद्यालयको गाडी आउने ठाउमा गएँ । विद्यालयको गाडी आएपछि मैले गाडीमा चढेँ । त्यसपछि गाडीमा चढेर विद्यालय आएँ  अनि विद्यालयमा खाजा खाएँ । त्यसपछि हामीले कुराकानी गर्‍याैँ । अनि सबैजना लाइनमा रहेर गाडीमा चढ्याैँ । अनि खेल खेल्ने ठाउमा गयाैँ । सुरुमा हामी केटीहरूले भकुण्डो खेल्यौँ । मेरो टोलीले अर्को टोलीलाई हरायाैँ  अनि हामीअर्को फिनालीमा पुगेका थियौँ । अन्त्यमा हामीले त्यो टोलीलाई नि हरायौँ । हामो टोली धेरै खुसी भयो। किनभने हामीले जितेका थियौँ। मैले फुटबलमा मात्र हैन अरू २ ओटा खेलमा पनि जितेकी थिएँ । बास्केटबलमा पनि हाम्रै हाउसले जितेको थियो। त्यसपछि हामी विद्यालय आयौँ। अनि खाजा खायौँ ।त्यसपछि विद्यालयमा मेडल दिन थालियो। मैले ३ ओटा मेडल पाएकी थिएँ ।  म धेरै खुसी थिएँ । विद्यालयको गाडीमा चढेर घर आएँ । घर आउँदा मेरो घाँटीमा धेरै मेडल देख्दा मानिसहरू छक्क थिए । अनि मैले घर आएर सबैलाई मैले मेडल पाएको सुनाएँ । सबै जना खुसी थिएँ ।  मैले लुगा फेरेर खाजा खाए अनि चित्र कोरेँ। अनि खान खाएर ९:०० बजे सुतेँ ।