Written by: Aarav Timilsina - 28028, Grade VIII
Posted on: 26 November, 2023
झिलिमिली बल्छ रातमा, घुम्छ आँगनभरि
बत्ती बनिदिन्छ आफैँ, छ धेरै नै राम्री
अँध्यारोमा झपझप बल्छ, प्रकाशले भरि
दुखमा नै साथ दिने, उसको जिम्मेवारी
रात परे उठ्छ घुम्न, घुम्छ चारैतिर
आफैँभित्र उज्यालाे छ छैन केही पिर
मोति झैँ चम्किरन्छन् राति साना किरा
तारासँगै बाल्छन् किरा , मनमा बसेर
बिहानीको किरणमा कता हराउँछन् ?
बत्ती अनि , प्रकाशमा , कहाँ लुक्न जान्छन्
पुष्पको रागमा नाच्दै , सुरमा गुन्गुनाउँदै
सुर्यास्तमा निक्लिन्छन् है आफैँ रमाउँदै
किन बल्छन् कसलाई के थाहा ? यिनी साना किरा
प्रकृतिका चमत्कार हुन् , प्रकाशका हिरा
अब मिर्मिर परेपछि , बत्ति निभ्दै जान्छ
पङ्ख फैलाएर , ज्योति आफैसँग लान्छ