Written by: Paurakh Raj Pandey - 24025, Grade XII
Posted on: 26 November, 2023
बोलूँ भने मनका कुरा कसलाई व्यक्त गरूँ ?
मेरो मनका कुरा आखिर कसले बुझ्ने हाे र ?
आँखाभरि आँसु लिई कसलाई दु:ख पोखूँ
आँशु पुछ्ने आखिर मेरो रुमाल हाे नि साथी ?
बोल्दै छु म हुलको सामू
किन आफैसँग गुनगुनाको महसुस गर्छु म
रुन मन लाग्दा आफ्नो भावना म कसरी पाे थामूँ
मेरो मुटुमा दबिएको दु:ख अहिले आएर रुँदै छ ।
भन्छन् कोमल मन हुनु भगवानको एक आशीर्वाद हो ।
तर किन हो आफूलाई भने श्राप झैँ लाग्दछ
साथीले प्वाक्क केही भन्दा
जब ती आँशु मेरा बग्न थाल्छन्
बिगतका सम्झनाले मेरा मन चरक्क चर्किन पाे थल्दछन् ।
हाँसिरहेको छु म
तर मनको कथा भने बेग्लै छ,
साथीहरू त धेरै छन् मेरा
तर मन मेरो एक्लो महशुस गर्दै छ।
मेरै होला गल्ति त
तिम्रो मनमा ठाउँ बनाउन सकिन
कम छाडेर तिम्रै कुरामा अल्झिरहे
तर प्राथमिकता भने पाउन तिम्रो सकिनँ ।
ए साथी ! अन्तिममा एक्लो महशुस गर्याे किन ?
बरु सङ्गत नै नगर ,
बेला बेलामा आफ्नो महशुस गराई
बीच बाटोमा छाडेर जाने नगर ।
तिम्रो सुन्दर जीवनमा
रहेछु म त मात्र केही दिनको पाहुना,
नसकिने हाम्रा ती मिठा गफगाफ
सकिनँ मैले अझै भुलाउँन
लौ भैगो यही नै थियो भाग्यमा मेरो
सायद ग्रह नै नमिलेको हाम्रो
आशा राख्द छु अझै
हराएको मार्गमा सायद साथ पाउने छु कि तिम्रो ?