Written by: Irada Timsina - 30053, Grade VI
Posted on: 26 November, 2023
हिमाल हाँस्छ मुसुमुसु रङ्ग छरी हिउँको
सगरमाथा शिर हामी सबै नेपालीको
वरिपरि हिमालले छ नि ढाकिएको
अन्नपूर्ण, माछापुच्छ्रे हामी नेपालीकाे
हरियो जङ्गल, डाँडा र काँडाले सजिएको
हाम्राे देश प्राकृतिक सौन्दर्य र खुसीले भरिएको
हिमाल हेर्न र चढ्न सबैकाे हुन्छ इच्छा
गुरुबाट पाउँछाैँ हामीले उपदेश र दीक्षा
देश विदेशबाट पर्यटक आउँछन् हिमाल हेर्न भनी
सबैजना दङ्ग पर्छन् धेरै हिमाल हेरी