Logo

Student Corner

एसइईपछिका ती दिनहरू

Written by: Dipshikha Shrestha - 25063, Grade XI

Posted on: 24 November, 2023

एसइईकाे परीक्षा दिएपछि दुई दिन जति यतिकै आराम गरेर बिताएँ । त्यसपछि म र मेरा साथीहरू मेरो गाउँ जाने सल्लाह गर्यौ । 

 हामीले आआफ्ना बुबाआमासँग पहिल्यै नै कुराकानी गरिसकेका थियाैँ । जाने निश्चित पनि गरियो । मेरो बाबासँग हाम्रो गाउँ तातोपानी घुम्न मेरो साथीहरू र म खुशी खुशी रमाइलो गर्दै गीत गाउँदै मेरो बाबाको गाडीमा गयौँ । बाटोमा दोलालघाटको सुनकोशी खोलाको नजिकै एकछिन रमाइलो गरेर फोटोहरू खिच्यौँ । अनि बिस्तारै चार घण्टा जतिमा हामी सबै तातोपानी बजार पुग्यौँ ।  

मलाई धेरै खुशी लागेको थियो । आफ्नो गाउँमा साथीहरू लिएर जान पाउँदा ।


 

भोलिपल्ट बिहानै साथीहरूलाई नुहाउन मैले हाम्रो गाउँमा भएको धार्मिक तीर्थस्थल तातोपानी धारामा लाग्यौँ । तातोपानी धारामा गएर नुहाईदुहाई गर्यौ । त्यसपछि हामी कोदारी झरना हेर्न गयौँ र हामी बाबाको ट्राउट फममा गर्यौँ । ट्राउट फर्ममा धेरै माछाहरू थियो र हामीलाई माछा पनि समात्नु पाएको थियो । हामी पोखरी घुम्याैँ  र हामीले त्यतै बस्ने निर्णय गर्यौँ । खाना बस्न सबैको राम्रो बेवास्ता गरेको थियो । 

हामी रातभरि रमाइलो गरेर बिताए । भोलिपल्ट बाबाले हामीलाई ऐतिहासिक दुगुना गडीडाँडामा गुम्न लग्यौँ । हामीले दुगुना गडीडाँडामा फोटोहरू खिच्यौँ । 

दुगुन गडीडाँडामा जङ्गबहादुर राणाको कहानीहरू रहेछ । हामी सबैलाई बाबाले जङ्गबहादुर राणाको कहानी सुनाउनु भएको थियो । 

म र मेरा साथीहरू सबै खुशी भएर तिन चार दिन गाउँमै बितायाैँ र काठमाडौँ फर्किने दिनमा बाबाले हामीले मितेरी पुलमा घुमाउनुभयाे । मितेरी पुल नेपाल र चिनको सीमाना हो । त्यसपछि हामी काठमाडौँ आयौ । 

सबैलाई आआफ्नु घर पुर्याएर म र मेरो बाबा घर आएका थिए । भोलिपल्ट म मेरी आमा र भाइ अनि बाबासँग फिल्म हल्लमा फिल्म हेर्नु गयौँ र हामीले बाबाको पुरानो साथी पनि भेट्न पायौँ ।

एसइई सकेको दुई महिनापछि म मेरो आमासँग बौद्धमा रहेको द नेल स्टेशनमा गयाैँ । त्यहाँ मेरो लागि ४७ दिनको  नेल कोर्स बुक गर्यौ । त्यस दिनपछि म जहिले बिहानको ११ बजेतिर नेल आर्ट सिक्नु नेल स्टेशन जाने गर्दथेँ ।त्यसपछि दिनहरू बित्दै गए र ४७ दिन पनि पुरा भयो । सबै साथीहरूले ११ कक्षाको लागि कलेज खोज्नु सुरु गरिसकेका थिए । म पनि मेरो साथीसँग कलेजहरू जाने भनेर सल्लाह भयाे । मैले चारओटा कलेजहरूकाे अवलाेकन गरेँ । तर कुनै पनि खासै राम्रो लागेन । मैले मेरो अर्को साथीलाई कलेजको बारेमा सोधेँ । 

उसले मलाई डियरवाक राम्रो छ भनेको थियो । त्यसपछि म र मेरा बाबा डियरवाक स्कुल हेर्नु आयाैँ । स्कुल मन पनि पर्याे । अन्ततः म पनि डियरवाककी एक सदस्य बन्न पुगेँ ।