Logo

Student Corner

वीर नेपाली: सङ्घर्ष र समर्पणका प्रतीक

Written by: Muskan Singh - 24023, Grade XII

Posted on: 22 November, 2023

अस्तित्वको आँखामा युद्धको छाया,

जीवनको क्षणमा त्रासको बयान ।

घमण्ड, आत्मसमर्पण, त्याग र माया,

छल, सङ्कोच र प्रेम बुन्छ सङ्घर्षको अयन ।


 

रक्तले लेखेको कथा योद्धाको कीर्ति,

सिर्जनाशील र शूरवीर बन्ने छ,

जहाँ बिचोली छर्दै छ, रातीको अन्धकारमा

वहाँ बिजुलीका चमक प्रेमको प्रकाशमा रहने छ ।


 

वीरहरूले पुराना शत्रुलाई हराए,

नयाँ सपना र नयाँ आशा ल्याए,

फेरि शान्ति र मानवतालाई जिताउने अवसर छ,

रक्तरङ्जित बाटोमा प्रेमको परिणाम ल्याउने कृत्य छ ।


 

युद्धका महोत्सवमा हाम्रा वीरहरूले जित्ने छन्,

कर्तव्यमा बाँधिएका आमाको लागि लड्ने छन्,

यात्रा कठिन छ, शान्ति र सहनशीलताले सहज बनाउला 

नेपालको वीरहरूको कृत्यले, हाम्रो गौरव बढाउला ।


 

सङ्घर्षको क्षेत्रमा प्रेमको बीज बिउनुपर्छ

त्यागी, बिनामी, नायिका र नायकको क्षमता राख्नुपर्छ,

हाम्रा वीरहरूले सिकाएका देश भक्तिको हिम्मत देखाउनुपर्छ

सान्त्वना र प्रेमको नयाँ विश्व बनाउनुपर्छ ।


 

सपनाहरुको भार नयाँ जीवनको आशा

हाम्रा वीरहरूले दिएको हिम्मत र सङ्गर्षको दिलाशा ।

युद्धका स्थलमा जीवनको सुरुवात हुने छ

आउँदो युद्धमा वीरहरु विश्वविजयी हुने छन् ।