Logo

Student Corner

बालअधिकार

Written by: Prasanna Dhungel - 28021, Grade VIII

Posted on: 22 November, 2023

अग्ला अग्ला भवन ठडाएर काठमाडौँ देशको राजधानी भएछ

भित्र यसो निहालेर हेरेको त बालश्रम अझै रहेछ ।
यस्तो विकसित भए पनि यहाँ बालशोषण भएकै छ

गालीदेखि लिएर पिटाइसम्म बालकले सहेकै छ ।     


 

बाल अधिकारका कुरा भाषणमा मात्र सीमित नराखौँ
आऊ अब यसको विरोध गर्नतिर हामी पनि लागौँ ।
ती बालकहरू नै हुन् भविष्यमा देश चलाउनेहरू 
ती बालकहरू नै हुन् भविष्यका कर्णाधारहरू ।


 

विश्वप्रचलित नेपाल हरेक पर्यटकको गन्तव्य स्थल भएको छ 

तर, जति राम्रो  देश भए पनि यहाँ बाल शोषण भएकै छ ।
बाहिरबाट हेर्दा मात्र राम्रो देखिने यो मेरो देश 

भित्री समस्या लुकाएर प्रख्यात भएको यो मेरो देश 
 

ती बालकहरूले पनि पढ्न र लेख्न पाउनुपर्छ 
गाउँमा दौरा र घास काट्न छोडी अघि बढ्न पाउनुपर्छ ।

ठुलो घरमा बस्ने पढी लेखेका बालकहरू नि छन् 

१ छाक खानको लागि बाटोमा फोहोर टिप्ने बालकहरू नि छन् ।।

 

बालकलाई घरको काममा लगाउनु हुन्न 

बालकको आँसु कहिले बगाउनु हुन्न ।

बालकहरू नै कारखानामा खट्छन् बनेर कामदार 
हामी सबै मिलि ती बालकलाई दिनुपर्छ बाल अधिकार । ।