Logo

Student Corner

चाडपर्वले दिने आनन्द

Written by: Bijit Poudel - 25030, Grade XI

Posted on: 21 November, 2023

दसैँँमा घरबाट काठमाडाैं आउँदा अब म सिधै अर्काे वर्ष घर फर्कन्छु लागेकाे थियाे । तिहारकाे बिदा ९ दिन हुन्छ भन्ने मैले थाहा पाएँ । लामाे बिदा हुने थाहा हुनेबित्तिकै केटाे झोला बाेकेर कुद्याे गाउँतिर ।

तिहारै भए पनि पढ्नु त पर्छ भनेर ल्यापटप चाहिँ ब्यागमा हालेकाे थिएँ। पाँच घन्टाकाे यात्रामा मैले यसाे साेचेँ दसै र तिहारमा रमाइलाे तिहार नै हुन्छ । दसैँमा खासै चाडबाड आएकाे जस्ताे लाग्दैन् । तिहारमा भने हरेक घरमा झिलिमिलि चम्किला बत्ति लगाइन्छ । कतै जुवातास खेल्नेका स्वरले कतै पटाकाकाे स्वरले गाउँटाेल नै थर्किरहेकाे हुन्छ । 


 

तिहारकाे लागि भनेर मिठाइहरू पनि बन्छन् ।  तिहार खास गरी  देवीदेवताकाे असुर र राक्षसहरूमाथिकाे विजयकाे उत्साह मनाउनका लागि मनाइन्छ । 

देउसी भनेर साथीहरूसँग घरघर जान कम्ता मजा लाग्दैन । पहिले देउसी खेल्ने बेला हामीलाई कम पैसा दिने घरहरूमा आशीष दिने बेला उल्टाे उल्टाे भनेर भागेकाे थियाैँ । कतिजना रिसाएर हाम्राे घरमा कुरा लगाइ दिएछन् । हामीले नमज्नाले गाली खायाैँ त्याे दिन । त्यसपछि त देउसी खेलेकै छैनौँ हामीले । यसपल्ट खेल्नुपर्ला ।

घर पुगेकाे दिन काग तिहार परेकाे रैछ । आमाले टपरीमा पहिले नै कागलाई भात दालहरू हाल्दिनुभएकाे थियाे । उहाँलाई मैलाई भन्नुभयाे कागलाई मृत्युको देवता यमको दूत मानिन्छ । काग एकदमै बुध्दिमानी हुने र यसलाई कसैकाे पनि मृत्युकाे समय थाहा हुने मानिन्छ । कागलाई खुशी पार्न काग तिहार तिहार मनाइन्छ । यसैदिन हामीले तिहारकाे मिठाइहरू बनायाैँ । तिहारकाे मिठाइमा ठेकुवा, सेल, अनर्सा, निम्की आदि हुन्छन् । बनाउन नआए पनि म हेर्दै र खाँदै बसेँ ।

दसैँँमा र तिहारमा मलाई तास खेल्न खुब मन पर्छ। तर काग तिहारमा बिदा भइनहाल्ने भएकाले त्यसदिन हाम्राे घरतिर मान्छे कम थिए । 

दाेस्राे दिन भयाे कुकुर तिहार र लक्ष्मी पूजाकाे दिन । कुकुर तिहारकाे दिन साथीहरूलाई हेप्पी बड्डे भनेर जिस्क्याउने काम पनि खुब गरियाे । यसाे भन्दा दुःख लाग्ने कुरा दाइले मलाई हेप्पी बड्डे भनेपछि थाहा पाएँ । छिमेकीकाे कुकुरलाई मैले बाेलाएँ र सयपत्रीकाे माला लगाइदिएँ । टिका नि लगाइदिएँ र  टपरीमा दाल र भात दिएँ । मासुमा पल्केकाे कुकुरले दाल र भात चाट्याे मात्र  खाएन। 

हरेक कुकुरकाे दिन आउँछ भनिन्छ । सायद त्याे दिन कुकुरकै थियाे । हा हा हा हा  ! कुकुरहरूले हाम्रो घरको रक्षा गर्छन् हाम्रा गाईबस्तुहरू र हाम्राे पनि रक्षा गर्छन् उनीहरूलाई धन्यवाद दिन हामी कुकुर तिहार मनाउँछौं । 

बेलुका बल्ल तिहार सुरु भयाे किनभने आज थियाे लक्ष्मी पूजा । धनकी देवी लक्ष्मीले आजको दिन आफ्नो घरलाई रङ्गीबिरङ्गी बत्तीले सजाएर सफा राख्ने मानिसलाई धनी बनाउने र धनको आशीर्वाद दिने विश्वास छ । यस दिन लक्ष्मी मातालाई खुशी बनाउन उनको पूजा गरिन्छ । हरेक घरमा रङ्गाेली बनाउन केटाकेटीहरू झुम्मिएका थिए । पटाकाका स्वरले धर्ती थर्किरहेकाे थियाे । भैलाे खेल्ने टाेलीहरू गीत गाउँदै बजाउँदै नाँचिरहरेका दृश्य खुब रमाइला थिए । मैले पनि आमा, बुबा, बाबासँग मिलेर लक्ष्मी पूजा गरेँ । मेरा साथीहरू यसपाली तिहार घर फर्केनछन् । म राती गाउँ डुल्दै हिँडेँ, बाटाे बाटाेमा पटाका पढ्काउँदै हिँडेँ । जे हाेस, एक्लै यसरी हिढ्दा पहिले साथीहरूसँग गरेकाे रमाइलाे समयकाे याद आउँदाे रैछ ।

लक्ष्मी पूजाका दिन तास र जुवा राम्रै खेलियाे। यसपल्ट खुब तास लागेकाे रहेछ। टन्नै पैसा मारियाे। तिहारमा त खासै कुनै रात पनि राम्ररी सुतिएन। पैला हरेक घरमा गइ गइ देउसी हेर्ने र राति भएपछि तास खेल्ने। दाइहरूले साथीहरूका ठाउँ लिए यसपाली । 


 

भाेलिपल्टकाे दिन एक दुःखद खबर आयाे। 

हामीलाई जुठाे लागेछ। काेही आफ्नाे नाताले छुनेकाे निधन भएमा हामीले चाडबाड मनाउन, पुजा गर्न, माछा मासु खान मिल्दैन । यस्ताे हुनुलाई हाम्राे तिर जुठाे लाग्नु भन्छाैँ ।  हुन त के मिल्ने के नमिल्ने नियम नाताअनुसार, जातअनुसार र परम्पराअनुसार फरक हुन्छ । 

यसपाली गाेरु पुजा र भाइ टिका मनाउन मिलेन। 

तास खेल्न मिल्ने रैछ। धन्न राहत भयाे । 

तास खेल्न कुनै दिन छुटेन ।

सामाजिकमा जुवातास खेल्नु हुन्नु भन्ने पढेकाे थिएँ । परीक्षामा लेखेकाे नि थिएँ । तर त्याे ज्ञानले मलाई जुवातासबाट तिहारकाे बेला अलग राख्न सकेन्। चाडपर्वमा रमाइलाेकाे लागि खेल्नु खासै गलत पनि न हाेला । 

भाइटीकाका लागि टाढाबाट आ‌एका दिदीबहिनीहरू टीका नमिल्ने समाचारले दुःखी हुनुभयाे तर भाइहरूसँग भेट्नुकाे खुशी पनि थियाे। दिदीभाइकाे सम्बन्ध गाढा बनाउन मनाइने भाइ टीकामा टिकै मात्र ठुलाे कुरा हाेइन् पनि । 

भाइ टीकाकाे दिनपछि यम पञ्चक/तिहारकाे अन्त्य भयाे । मलाई थाहा भयाे ब्रह्माजीकाे आशीर्वादले बलिराजा तिन लाेकका पाँच दिनका लागि राजा भएका थिए । यही समयमा ब्रह्माजीले यमराजलाई पनि पाँच दिनका विदा दिएका थिए । यस समयमा यमराज आफ्नी दिदी यमुनालाई भेट्न गएका थिए। त्यसैले तिहारलाई यमपञ्चक पनि भनिदाे रहेछ।

अरु समय तिहार मनाउथेँ मात्र तर यसपाली धेरै कुरा सिकेर र बुझेर आएँ । नियमहरू पनि बुझेँ । 

तिहार सिद्धियाे । म मधेसतिर बस्ने भएकाले छठकाे रहलपहल अझैँ बाँकि थियाे । मधेसी समुदायकाे याे पर्वमा उनीहरू खाेलाकाे बगरमा रातभर बस्छन् र बिहान उदाउँदाे सूर्यकाे पुजा गर्छन् । हरेक साल हाम्राे घर नजिक पनि मेला लाग्छ। म पनि छठकाे रमाइलाे हेर्न जान्थेँ । मेराे विद्यालय यसपटक मङ्सिर ४ गते साेमबारदेखि खुल्ने भयाे । तिहारपछि याद आए ती तिहारमा गर्छु भनेर छाेडेका गृहकार्यहरू । छठ भ्याइएन । अगाडि नै कुद्नुपर्याे । अब एक वर्षसम्म पुग्ने रमाइलाे गरेर फेरि झाेला बाेकेर काठमाडाैं फर्केकाे छु ।