Logo

Student Corner

मेरो शैक्षिक भ्रमण

Written by: Agrim Rijal - 29005, Grade VII

Posted on: 21 November, 2023

यसपटक म, मेरा साथीहरू र शिक्षकहरूसँग राष्ट्रिय फलफूल विकास केन्द्रमा शैक्षिक भ्रमण गँए । खाजा खाएपछि बसबाट हामी त्यहाँ पुग्यौँ । हामीले ११ बजे विद्यालय छोड्यौँ। त्यहाँ जाँदा हामीले धेरै कुराहरू देख्यौँ । हामी १२ बजे त्यहाँ पुग्यौँ । त्यसपछि हामीले त्यहाँ वरिपरि के छ भनेर हेर्न थाल्यौँ । हामीले त्यहाँ धेरै फूलहरू देख्यौँ । पहिले हामीले धेरै राम्रो गन्ध र रङ्ग परिवर्तन गर्ने विभिन्न फूलहरू देख्यौँ।

पहिले हामीले धेरै राम्रो सुगन्ध भएको र रङ्ग परिवर्तन गर्ने विभिन्न फूलहरू देख्यौँ । त्यसपछि बिस्तारै हामीले त्यहाँ वरपरका रूखहरू र धेरै फलहरू देख्यौँ । हामीले पिकानट देख्यौँ । यो पनि ओखर जस्तै थियो तर फरक आकारमा। त्यसपछि हामीले ड्रयागन फल देख्यौँ । जसकाे सिउडी जस्तो रूख थियो । यसलाई साहारा चाहिन्छ भन्ने कुरा पनि मैले त्यँहा गएर थाहा पाँए । यसकाे फल राति मात्रै फल्ने गर्छ रे । दिनको समयमा बोट पहेँलो हुने रहेछ । त्यसपछि हामीले नास्पाती भन्ने फल देख्यौँ । त्यहाँ दुई फरक प्रकारका नास्पाती थिए। एउटा चाइनिज र एउटा नेपाली । दुवै फरक-फरक समयमा फल्ने गर्छन्। हामी सिधा गयौँ र एभोकाडोका ठुला रूखहरू देख्यौँ। हामीले जङ्गली रूखहरू पनि देख्यौँ जसबाट कागती, सुन्तलाको उत्पत्ति भएको थियो। बिरुवाहरू काटेर अरूसँग टाँस्नु आवश्यक छ भन्ने कुरा त्यहाँ मानिसले भनेपछि थाहा भयाे । 

त्यसपछि हामीले कटुसको रूख देख्यौँ । यसमा एउटा हरियो काँडेदार वस्तु थियो र यसको भित्र कडा बियाँ भाँचिएपछि खान योग्य हुन्थ्याे । त्यसपछि हामी अगाडि बढ्योँ। त्यहाँ एउटा सानो ठाउँ थियो जुन बाँसले छोपिएको थियो। त्यो मल उत्पादन गर्ने ठाउँ थियो। त्यहाँ धेरै गँड्यौलाहरू राखिएका थिए। तिनीहरूलाई ताजा तरकारी र फलफूल खुवाइएको थियो । त्याे खाएपछि तिनीहरूले मल उत्पादन गर्दथे, जुन बिरुवाहरू बढ्नका लागि धेरै राम्रो थियो। घामबाट जोगाउन छाया लगाइएको थियो । त्यसपछि हामीले अङ्गुर देख्यौँ । यसलाई कागज र प्लास्टिकले ढाकिएको थियो ताकि यसलाई किराहरू र चराहरूबाट जोगाउन सकिन्छ। त्यसपछि हामीले त्यहाँ धेरै नर्सरीका ठाउँहरू देख्यौँ । त्यहाँ भित्र हामीले धेरै बोटबिरुवा र फूलहरू देख्यौँ जुन बेच्नको लागि राखिएको थियो। जाँदै गर्दा एउटा ठुलो घर देखियो । त्यहाँ फलफूलको बिउलाई जोगाउन ६ डिग्रीमा राखिएको थियो । त्यसपछि हामी एउटा छाया भएको ठाँउमा गयौँ । हामी केही बेर त्यहाँ बस्यौँ र फेरि हाम्रो स्कुल बसमा गयौँ। हामी त्यहाँबाट निस्केर २:२० मा स्कुल पुग्यौँ ।

यो शैक्षिक भ्रमण अहिलेसम्मको सबैभन्दा जानकारीपूर्ण शैक्षिक यात्रा थियो। यसले उत्पादन गर्न सकिने विभिन्न फलफूल र तरकारीहरूको बारेमा सिक्न सबैलाई मद्दत गरेकाे थियाे ।