Logo

Student Corner

सहर पुराण 

Written by: Dhiraj Chapagain - 2022007, Grade X

Posted on: 07 September, 2020

यो सहर हो,

यहाँ अपराध हुन 

मुग्लान पसे जस्तो साइत हेर्नु  पर्दैन  

बाहुन भान्सा पसे जस्तो धोती  फेर्नु पर्दैन,

यहाँ धेरै मान्छे नेता भए 

तर, कोही नेता मान्छे - भएनन्। 

 

यहाँ गल्ली  गल्लीमा कतै सामान बिक्छ, 

त कतै कसैको जीवन बिक्छ,

यहाँ पैसाको नाममा कतै जोबन बिक्छ त 

कसैको इमान बिक्छ  । 

 

यहाँ हरेक दिन टेबुल तल

 र  माथिबाट कारोबार हुन्छ ,

त्यस्ता भ्रष्टाचारीलाई कुन कानुन र सरकारले छुन्छ? 

 

यो सहर सत्ता र शक्तिको 

भोकाको दास बन्नु परेको छ,

यहाँका मानिस भित्र भित्रैबाट गनाउने लास बन्नु परेको छ

 

यहाँ राम्रा-राम्रा सामान किन्ने रहर हुन्छ,

 तर महँगी  किन्ने होइन ,

मन सारा संसार डुल्न खोज्छ,

तर आफ्नै छिमेकीलाई चिन्दैन।