Written by: Nishkarsh Joshi - 28027, Grade VIII
Posted on: 20 November, 2023
आमा हुन् पृथ्वी
प्रिय छन् धरा यिनी
जन्माउँछिन् पाल्छिन् हामीलाई
सबै दुःख पीडा बिर्साई
सम्झी बालक सबैलाई
जीवजन्तु हुन् वा मानवलाई
सन्तान आफ्नै हृदयमा राख्छिन्
गर्छिन् व्यवहार समान यिनी
बोटबिरुवा, फूलहरूको बास छ यहाँ
यस्तो सुन्दरता छ अरू कहाँ
एउटै छिन् पृथ्वी यिनी
जीवन बाँच्न सक्छ जहाँ